Like us!
Follow us!
Connect us!
Watch us!

वामदेवले खोले नयाँ पार्टी

अर्थ संसार

मंगलबार, १४ असार २०७९, १६ : ५६ मा प्रकाशित

वामदेवले खोले नयाँ पार्टी

नेकपा एमालेका पूर्व उपाध्यक्ष एंव पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन्। राष्ट्रिय सभा सदस्य समेत रहेका उनले मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका हुन्।


नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान नामक नवगठित दलको संयोजकमा वामदेव गौतम आफै बसेका छन भने भने ७५ सदस्यीय केन्द्रीय समिति बनाएका छन्। त्यसमध्ये ८ जना सदस्य केन्द्रीय सचिवालयमा रहने छन्।


पार्टीको सचिवमा डीबी कार्की र सचिवालय सदस्यहरुमा ओमशर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल छन् । दलको केन्द्रीय सदस्यमा भने उनकी श्रीमती र छोरा पनि छन्। श्रीमती तुल्सी थापा प्रतिनिधिसभा सदस्य पनि हुन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको