Like us!
Follow us!
Connect us!
Watch us!

डिजिटल करेन्सीका बारेमा छलफल गर्न गभर्नरसहितको टोली पोखरा जाँदै

अर्थ संसार

बुधबार, १५ असार २०७९, १२ : १८ मा प्रकाशित

डिजिटल करेन्सीका बारेमा छलफल गर्न गभर्नरसहितको टोली पोखरा जाँदै

नेपालमा डिजिटल करेन्सीको सम्भाव्यता अध्ययन गर्न नेपाल राष्ट्र बैंक र वाणिज्य बैङ्कका सिइओहरु बीच पोखरामा छलफल हुने भएकाे छ ।

उक्त छलफल कार्यक्रममा सहभागी हुन अधिकांश वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरू र नेपाल राष्ट्र बैंकका गभर्नरसहितकाे उच्चपदस्थ अधिकारीको टाेली पाेखरा प्रस्थान गर्नेछ ।  

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले उक्त कार्यक्रममा राष्ट्र बैंकका गभर्नरसहित उच्चपदस्थ अधिकारीको उपस्थिति रहने पुष्टि गरे । बैंकर्स संघका अध्यक्ष अनिल प्रसाद उपाध्यायले कार्यक्रममा बैंकर्स संघको सहभागिता रहने बताए। नेपालमा डिजिटल करेन्सीको सम्भाव्यता ,विश्वमा यसको प्रयोग र मौद्रिक नितीका विषयमा छलफल केन्द्रित रहने बताइएको छ ।  

नेपाल राष्ट्र बैंकले ६७ औं वार्षिक उत्सव समारोहमा नेपालको आफ्नै डिजिटल करेन्सी जारी गर्ने बारे डिजिटल मुद्राबारे अध्ययन गरिरहेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बताएका थिए।

सार्क राष्ट्रहरुका गभर्नरहरुले सामूहिक रूपमा डिजिटल करेन्सीको सम्भाव्यता अध्ययन सुरु गरेका थिए। 

डिजिटल करेन्सीलाई विश्वव्यापी रूपमा केन्द्रीय बैंकको डिजिटल करेन्सी (CBDC) भनी चिनिन्छ । डिजिटल कारोबारमा पछिल्लो समय क्रिप्टोकरेन्सीको लोकप्रियता बढेसँगै त्यसको प्रयोगलाई निरुत्साहन गर्न राष्ट्र बैंकहरुले मौद्रिक नीति मार्फत डिजिटल करेन्सीलाई लिगल टेन्डर प्रदान गर्ने नीति लिने गरेका छन् । 

यो पनि पढ्नुहोस् :

वैधानिकता र अवैधानिकताको प्रश्नले चेपिएको डिजिटल करेन्सी !

नेपालको आफ्नै डिजिटल करेन्सी, क्रिप्टोकरेन्सी भन्दा कसरी फरक ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको