परम्पराकाल देखिनै कारोबारमा सहजता अनुभव गर्न विभिन्न समयमा विभिन्न मुद्राको प्रयोग हुँदै आएको पाइन्छ । कारोबारलाइ सहज बनाउन राष्ट्र बैंकले समय सापेक्ष विभिन्न नीति र मुद्राहरू प्रचलनमा ल्याउँछ। बस्तुबिनिमय बाट सुरु भएको कारोबारको सहजता अहिले विश्वबजारमा विभिन्न डिजिटल कारोबारलाई प्रवर्धन विभिन्न राष्ट्रहरूले छुट्टै किसिमको नीतिहरु तयार पारेका छन् ।
अहिले व्यावहारिक रूपमा हेर्दा अहिले विश्वबजारमा क्रिप्टोकरेन्सी र केन्द्रीय बैंकको डिजिटल करेन्सी लाई विशेष चासोका साथ हेर्ने गरिन्छ । कतिपय राष्ट्रहरूले सर्वसाधारणहरुलाई कारोबार सहज गर्न र अन्तराष्ट्रिय विनिमयको दूरी घटाउन वैधानिक घोषणा गरेका छन् भने कतिपय राष्ट्रहरूले यस्लाई अवैधानिक घोषणा गरेका छन् भने विभिन्न राष्ट्र हरु आफ्नै डिजिटल करेन्सी तयार पार्न अध्यनमा लागेका छन्।
सामान्य भाषामा बुझ्दा क्रिप्टोकरेन्सी एक डिजिटल मुद्रा हो जसको उपयोग हामीले अन्य मुद्राको जस्तै गर्न सक्छौ । याे कम्प्युटर ऐल्गरिदम मा सञ्चालन हुने र पिएर टू पिएर बिधयुतीय प्रबिधि मा काम गर्ने हुँदा कारोबारको जानकारी आफूमा मात्र सीमित रहने हुँदा यसको प्रयोग मा वृद्धि भएको पाइन्छ । यस्को नियन्त्रण कुनै पनि निकाय सँग हुँदैन, यसको मुख्य विशेषता नै यो बिकेन्द्रीक्रीत हुनु हो।
कुनैपनि सरकार र बैंक को जानकारी बिना कारोबार गर्न सकिने हुँदा केही व्यक्तिहरूले यसको गलत कार्यको लागी प्रयोग हुन सक्ने जानकारहरू बताउँछन् तर क्रिप्टोकरेन्सी ब्लॉकचेन टेक्ननोलोजी मा कारोबार हुने साथै हामिले गर्ने प्रत्येक कारोबारलाई डिजिटल सिग्नेचर द्वारा प्रमाणित गरिने हुँदा यसको विश्वसनीयता बढेको हो । सबैभन्दा पहिलो क्रिप्टोकरेन्सी 'बीटकोइन' हो जसको सुरुवात सन् २००९ मा इन्जिनियर सतोषी नाकमोतो ले बनाएको मानिन्छ।
केही प्रख्यात क्रिप्टोकरेन्सी:
1 बीटकोइन [BTC]
2 ईथेरीएम [ETH]
3 रिपल [XRP]
4 थेटेर [USDT]
5 लाइटकोइन [LTC]
सेन्ट्रल बैंक डिजिटल करेन्सी [CBDC] अहिले आर्थिक तथा वित्तीय क्षेत्रमा विशेष चासोका साथ बहस भइरहेको पाइन्छ। क्रिप्टोकरेन्सीको प्रयाेग तिब्र गतिमा बढी रहँदा अवैधानिक मानिएको क्रिप्टोकरेन्सीको प्रयोगमा दुरुत्साहन गर्न विभिन्न देशका सरकार, केन्द्रीय बैंक, विश्वविद्यालय तहमा खोज,अध्ययन र अनुसन्धान भई रहेको पाइन्छ। संसारभरका राष्ट्रहरूमा अहिले आर्थिक नीति तथा मौद्रिक नीतिमा केन्द्रिय बैंकको डिजिटल करेन्सीले प्राथमिकता पाइरहेको छन्।
सेन्ट्रल बैंक डिजिटल करेन्सी[सिबिडिसी] वास्तवमा कुनै पनि राष्ट्रको केन्द्रिय बैंकले भौतिक मुद्राको विकल्पमा प्रयोग गर्न सकिनेगरी कानुनी बोलपत्र (Legal Tender) मार्फत जारी गर्ने अभौतिक मुद्राहरू हुन् जुन Distributed Ledger प्रविधिमा (DLT) आधारित हुन्छ भने उक्त मुद्राको नियमन सरकारको केन्द्रीय बैंकले गर्दछ (कारोबारको सम्पूर्ण जानकारी राष्ट्र बैंकसँग हुन्छ) र राष्ट्रको मौद्रिक नीति अन्तर्गत रहन्छ । अझ सरल भाषामा बुझ्दा हाल प्रचलनमा रहेको भौतिक मुद्रा रुपैयाँ अब डिजिटल रुपैयाँ को रूपमा तपाईं हाम्रो फोनमा स्टोर हुन्छ र हामीले उक्त मुद्राको प्रयोग गरी कारोबार गर्न सक्छौ ।
क्रिप्टोकरेन्सी र केन्द्रीय बैंकको डिजिटल करेन्सी बीच विभिन्न प्राविधिक भिन्नता र समानताहरु छन्। केन्द्रीय बैंकको डिजिटल करेन्सी राष्ट्रले जारी गरेको मुद्रा हो याे राष्ट्रको सम्पत्ति पनि हो जसको सम्पूर्ण अधिकार केन्द्रीय बैंक सँग रहेको हुन्छ भने क्रिप्टोकरेन्समा कसैको नियन्त्रण हुँदैन । केन्द्रीय बैंकको डिजिटल करेन्सी निजी Blockchain अथवा Distributed Ledger प्रविधिमा काम गर्दछ भने क्रिप्टोकरेन्सी सार्वजनिक Blockchain मा आधारित हुन्छ जसलाई कसैले नियन्त्रण गर्न सक्दैन ।
क्रिप्टोकरेन्सीको प्रयोग गरी हुने कारोवारलाई नियमन कसैले पनि गर्न सक्दैन अर्थात् कारोबारको तथ्याङ्क गोप्य र बेनामी हुन्छ भने केन्द्रीय बैंकको डिजिटल करेन्सीको प्रयोग गरी गरिने कारोबारमा राष्ट्र बैंकले नियमन गर्न सक्छ(राष्ट्र बैंकले चाहेको खण्डमा को सँग कति डिजिटल करेन्सी रहेको छ र कहाँ भण्डारण गरिएको छ भन्ने जानकारी सहजै प्राप्त गर्न सक्छ) र राष्ट्रबैंकको प्रतक्ष्य नितिमा आधारित रहन्छ। विशेषगरी क्रिप्टोकरेन्सी को कारोबार बेनामी तरिकाले गर्न मिल्ने हुँदा वैधानिक भन्दा अवैधानिक र सम्पति मानी लगानी गर्ने गरेको पाइन्छ साथै बहुराष्ट्रिय कारोबारमा सहज हुने हुँदा यशको प्रयोग दर बढेको छ ।
डिजिटल मुद्रालाई वैधानिक प्रदान गर्ने वा नगर्ने भन्ने विषयमा समय समयमा बहस हुँदै आएको पाइन्छ । कतिपय राष्ट्रहरूले वैधानिकता प्रदान गरेका छन् भने कति पय राष्ट्रले अवैधानिक घोषणा गरेका छन्। नीति नै तयार नभएको राष्ट्रमा कारोबार नियमन नहुने हुँदा वैधानिक वा अवैधानिक भन्ने नहुने र कारोबार गर्न इच्छुकले कारोबार गर्ने जानकारहरु बताउँछन् ।
क्रिप्टोकरेन्सी लाई वैधानिक मानेका देशहरू:
1) जापान
2) अमेरिका
3) जर्मनी
4) फ्रान्स
5) माल्टा
6) क्यानाडा
7) बेलार्स
8) हल्याण्ड
9) भियतनाम
10) थाइल्याण्ड
11) भारत
12) रसिया
क्रिप्टोकरेन्सी लाई अवैधानिक घोषणा गरेका राष्ट्रहरू:
1) अल्जेरिया
2) बोलिभिया
3) इक्युएडोर
4) नेपाल
5) बङ्गलादेश
6) मावेडोनिया
हाल भने विभिन्न देशहरू क्रिप्टोकरेन्सी कारोबारलाई निरुत्साहन गर्न आफ्नो छुट्टै नीतिहरु तयार पारेका छन्। विभिन्न राष्ट्रहरू अध्यनमा जुटेका छन् भनी कतिपय राष्ट्रले जारी गरी कारोबार गरी सकेका छन्। केन्द्रीय बैंकको डिजिटल करेन्सीले विद्युतीय कारोबार प्रवद्र्धनमा टेवा पुग्ने सरोकार वालाहरुको दाबी छ भने कारोबारको विश्वसनीयता र व्यक्तिगत गोपनीयता चुनौती रहेको छ।
केन्द्रीय बैंकको डिजिटल करेन्सी जारी गरेका देशहरू :
1) बहामास
2) चीन
3) स्वीडेन
4) दि मार्षेल आइल्याण्ड
5) युरोपियन
साथै अहिले भने करिब ५५ देशमा यसलाई प्रयोगमा ल्याउने की नल्याउने भन्ने विषयमा अध्यन भइरहेको छ। कतिपय राष्ट्रहरू अध्यनको चरणमा छन् भने कतिपय राष्ट्रहरू विकासको चरणमा छन् भने कतिपय राष्ट्रहरू जारी गर्ने अन्तिम चरणमा पुगेका छन्।
नेपाल सहित सार्क राष्ट्रहरूले सामूहिक रूपमा अध्यन गरी रहेका छन यसको कारोबारमा सहजता हुने र मुद्रा बोक्ने झंझटको अन्त्यहुने विश्वास छ।
खोज श्रोतः इन्टरनेट
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस