Like us!
Follow us!
Connect us!
Watch us!

१६ जिल्लामा ब्रोकर शाखा थप्न सेबाेनकाे अनुमति

अर्थ संसार

बुधबार, १५ असार २०७९, १३ : ३१ मा प्रकाशित

१६ जिल्लामा ब्रोकर शाखा थप्न सेबाेनकाे अनुमति

नियामक निकाय नेपाल धिताेपत्र बाेर्डले थप १६ जिल्लामा ब्राेकर शाखा खाेल्ने अनुमति प्रदान गरेकाे छ । बोर्डले ब्रोकरहरूलाई १० जिल्लामा ब्रोकर शाखा थप्नका लागि पुर्वाधार तयारी गर्न स्वीकृति र ६ जिल्लामा ब्रोकर शाखा थप्न अनुमति दिएको हाे । 

ब्रोकर शाखा थप्न अनुमति पाएका ६ जिल्लाहरूमा  नवलपरासी, बेनी, तनहुँ, नुवाकोट, कैलाली र चितवन रहेका छन् ।

चितवन, कैलालीको लम्की, रामेछापको मन्थली, महोतरीको बर्दिबास,मोरङको उर्लाबारी, पाल्पाको तानसेन, रुपन्देहीको भैरहवा, सिरहाको लाहान, दोलखाको चरिकोट, पाँचथरको फिदिम, इलाम, झापाको दमक, नवलपुरको भुमही, पर्वतको कुस्मा, दाङको तुलसीपुरमा ब्राेकर शाखा विस्तार हुने भएकाे छ । 

उल्लेखित क्षेत्रहरूमा शाखा खोल्नको लागि १० ब्रोकर कम्पनीले पूवार्धार तयार गर्न स्वीकृति पाएका हुन् । स्वीकृति पाउनेमा अनलाइन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट, दिपशिखा, मल्ल एण्ड मल्ल ब्रोकिङ, डाइनामिक मनि म्यानेजर्स, सेक्योर्ड, त्रिशुल, अक्सफोर्ड, दिव्या, जे. एफ सेक्युरेटिज रहेका छन्।

त्यसैगरी, नेपाल स्टक हाउसले कैलालीको टिकापुरमा र नुवाकाेटकाे विदुरमा ब्राेकर शाखा खाेल्न अनुमति पाएकाे छ । यस्तै, नुवाकाेटकै बट्टारमा ब्राेकर शाखा खाेल्न अनलाइन सेक्युरिटिज पनि स्वीकृति पाएको छ । 

यसका साथै, भिजन सेक्युरिटिजले नवलपुरको कावासोती, म्याग्दीको बेनी र तनहुँको दमौलीमा शाखा खोल्न अनुमति पाएको छ भने दिपशिखा धितोपत्र कारोबार कम्पनीले पनि चितवनको टाँडीमा शाखा खोल्ने अनुमति पाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको