आइएमई ग्रुपद्वारा सञ्चालित “आइएमई डिजिटल सोलुसन लिमिटेड” द्वारा प्रवद्धित “आइएमई पे” ले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीहरुका निम्ती रोचक अफर ल्याएको छ ।
आइएमई पे एपको “प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ” अफर अन्तर्गत असार १० गतेदेखि सो एपबाट एन.एल.आइ.सि.को बीमा किस्ता भुक्तानीमा ग्राहकहरुले सो मूल्यको ०.५% (अधिकतम रु. २,५०० सम्म) क्यासब्याकको साथै हरेक दिन १ बिजेताले २ चन्द्रागिरी केबलकार टिकट जित्न मिल्ने व्यवस्था मिलाइएको छ ।
हालसम्म नेपालको २३ वटा बीमा प्रदायकको भुक्तानी साझेदार बन्न सफल भएको आइएमई पेले यस अफर मार्फत अझ बढी ग्राहकवर्गलाई डिजिटल माध्यमद्वारा कुनै पनि भुक्तानी गर्न प्रेरित गराउने बताएका छन् ।
यस अफरको नियम तथा शर्तहरु यस प्रकारका छन् – KYC रुजु भएको प्रयोगकर्ताहरुले बीमा किस्ताको भुक्तानी नियत मिती (ड्यु डेट) भित्र वा नियत मिती पछिको ७ दिन भित्र आइएमई पे एपबाट गरे बापत मात्र क्यासब्याक तथा अरु उपहार जित्ने मौका पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस