Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको लिलामी सेयर भर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, १६ असार २०७९, १० : १९ मा प्रकाशित

सिटिजन्स बैंकको लिलामी सेयर भर्ने आज अन्तिम दिन

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले  असार २ गते, बिहीबारदेखि बिक्री खुल्ला गरेकाे लिलामी सेयरमा आवेदन दिने आज (असार १६ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ । 

बैंकले २ लाख ६६ हजार ९ सय ९९ कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री गरेकाे हाे । उक्त सेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुसहित अन्य व्यक्ति, कम्पनी तथा संघ/संस्थाहरूले आजसम्म आवेदन दिन सक्नेछन् ।

उक्त सेयरकाे न्यूनतम मूल्य प्रतिसेयर एक सय ६३ रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

लगानीकर्ताले सेयर खरिद खर्दा न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । साे भन्दा बढीकाे लागि १००० काे गुणामा वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । 

त्यसैगरी, बैंककाे सेयर बिक्री प्रबन्धककाे काम सनराइज क्यापिटल लिमिटेडले गरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको