सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौंको आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई व्यापारीको हातमा दिने तयारी गरिरहेको आरोप लगाएका छन्। ६४ औं संसद् दिवसको अवसर पारेर पूर्वसभामुख समेत रहेका वरिष्ठ नेता पौडेलले सरकारमाथि उक्त आरोप लगाएका हुन्।
वरिष्ठ नेता पौडेलले भने, ‘आज पनि फेरि म सुन्दैछु, प्रधानमन्त्रीजीलाई सोध्न मन लागेको थियो। तपाईं मिडियाहरुको माध्यमबाट एउटा कुरा जाओस आयल निगमलाई पनि व्यापारीको हातमा दिने चलखेल भइराखेको छ रे। तपाईँहरुलाई म सुनाउन चाहन्छु–त्यो चलखेल जो हुन्छन नि! यो चलखेलको पछाडि करोड होईन, अर्ब कमाएपछि त्यो नेतालाई कसले छुन सक्छ?’
नेपाल आयल निगम व्यापारीको हातमा दिएर अर्बौं कमाएर राजा बन्ने ध्यानमा सरकारका रहेका मन्त्रीहरु लागेको भन्दै उनले आपत्ति समेत जनाए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस