Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको नयाँ शाखा सिम्ले बजारमा, शाखा सञ्जाल १६५ पुग्यो

अर्थ संसार

शुक्रबार, १७ असार २०७९, १४ : ५९ मा प्रकाशित

माछापुच्छ्रे बैंकको नयाँ शाखा सिम्ले बजारमा, शाखा सञ्जाल १६५ पुग्यो

माछापुच्छ्रे बैंकले बाग्मती प्रदेशको धादिङ्ग सिथत सिम्लेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आज असार १७ गते शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरि नयाँ शाखाको उद्घाटन गरेको हो ।

उक्त शाखा कार्यालयको उद्घाटन नेपाल पेट्रोलियम डिलर राष्ट्रिय महासंघका महासचिव विश्व प्रकाश अर्याल, थाक्रे गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्य  एंव  माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले संयुक्त रुपमा गरेका थिए । उक्त कार्यक्रममा बैंकका नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालको पनि उपस्थिती रहेको थियो । 

धादिङ्ग जिल्लामा  खोलिएको नयाँ शाखासँगै त्यस जिल्लामा मात्रै बैंकका  ४ वटा शाखा सञ्चालनमा रहेका छन्  । माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको