Like us!
Follow us!
Connect us!
Watch us!

‘दोस्रो बजार सबैका लागि होईन, ‘लोभ’ र ‘डर’ त्याग्न नसक्नेहरु बजार नछिरेकै राम्रो’

लगानीकर्ताको आवाज

सोमबार, २० असार २०७९, ११ : ४३ मा प्रकाशित

व्यक्तिगत लोभ र डर त्याग्न नसक्नेहरुलाई दोस्रो बजार त्यति सही नहुने बताउँछन् बजारका पुराना एवमं अनुभवी लगानीकर्ता नवराज घिमिरे । प्राथमिक बजार सबैका लागी भएपनि दोस्रो बजार सबैका लागि उपयुक्त हुन नसक्ने उनको तर्क छ । 

अर्थसंसार डटकमको कार्यक्रम लगानीकर्ताको आवाजसँगको कुराकानीमा घिमिरेले भने ‘बजारमा कमाउन सबैभन्दा बढी चाहिने कुरा भनेको नै ज्ञान हो बजारमा डर र लोभलाई जित्न नसक्नेहरु यसमा प्रवेश नगरेकै राम्रो, पूँजी बजार आफैँमा जोखिमको क्षेत्र पनी हो त्यसैले यहाँ कमाउँदा मात्तिने र गुमाउँदा आत्तिने काम कदापी गर्नु हुँदैन ।’

केहि दिन अघि नै बजार अब धेरै तल नजाने र यस समयमा आत्तियर भन्दा पनि संयमित भएर लगानी गर्न सल्लाह दिएका उनले अब बजार सबै कुराले सकारात्मक नै हुने देखिएको बताए । ‘हो बजारमा विभिन्न कारणहरुले आउनुपर्ने भन्दा बढी गिरावट आयो तर अब सबै कुराहरु सकारात्मक हुँदै भएका छन् बैंकहरुको सिडि रेसियो पनि केही घट्दैछ यसले पनि बजारलाई केही सकारात्मक उर्जा प्रदान गरेको छ । लगानीकर्ताको आन्दोलन पनि बनेको कार्यन्वयन समितीले पनि आफ्नो काम गर्दैछ यसले पनि बजारको मनोबललाई बढाउने काम गरिरहेको छ ।’

प्राविधिक विश्लेषणलाई इंगित गर्दै घिमिरेले भने ‘मैले पहिले भनेको थिए प्राविधिक विश्लेषणको खासै काम छैन तर त्यतिबेला पनि मसँग धेरै साथीहरु रिसाउनु भयो तर म अहिले पनि भन्छु प्राविधिक विश्लेषण भनेको रत्नपार्कको सुँगा रटाउनु जस्तै हो ।’

बजारमा प्रवेश गरेका नयाँ लगानीकर्ताहरुले ऋण लिएर लगानी गर्नु कत्तिको जोखिमपुर्ण हुन्छ त भन्ने प्रश्नमा उनले भने ‘सेयर किन्नलाई कस्तो अवस्थामा कर्जा लिने र कस्तो अवस्थामा नलिने भन्ने हुन्छ जस्तै अहिलेको अवस्थामा बजार धेरै घटिसकेको छ यो बेलामा कुल लगानीको १५ देखि २० प्रतिशत कर्जाकै पैसाले पनि सेयर किन्दा घाटा हुँदैन तर सबै पैसा कर्जाबाटै लगानी गरेर सेयर कारोबार गर्न खोज्याे भने पक्कै पनि अप्ठ्यारो हुनसक्छ ।’  

घिमिरेसँग गरिएको भिडियो कुराकानीः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको