Like us!
Follow us!
Connect us!
Watch us!

मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल आयोजना हुने

अर्थ संसार

बुधबार, २२ असार २०७९, ०८ : ०६ मा प्रकाशित

मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल आयोजना हुने

मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको दोश्रो संस्करण आयोजना हुने भएको छ । फेलिज इन्टरनेशनलले आयोजना गर्ने मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको पहिलो संस्करण २०१७ मा आयोजना गरिएको थियो र विजेता मिस टिन वल्र्ड नेपाल र मिस्टर टिन वल्र्ड नेपालले ब्राजिलको साउ पाउलो मा २०१७ को नोभेम्बर १० देखी १६ सम्म आयोजना भएको मिस टिन वल्र्ड तथा मिस्टर टिन वल्र्डमा सहभागिता जनाउने मौका पाएका थिए ।

मिस्टर टिन वल्र्ड नेपाल शिर्षक विजेता पंकज सिंह ठकुरी ब्राजिलमा फस्र्ट रनर अप भएका थिए भने मिस टिन वल्र्ड नेपाल शिर्षक विजेता स्वस्ती बैद्यले बेष्ट स्माईल तथा बेष्ट नेसनल कस्ट्युम टाईटल हात पारेकी थिईन् ।मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको दोश्रो संस्करण थप विशेष हुने भएको छ, यस संस्करणका विजेताले टर्कीको इस्तानबुलमा हुने टप मोडल अफ युनिभर्समा प्रतिस्पर्धा गर्ने अवसर पाउने छन् भने यस प्रतियोगिताको नलेज पार्टनर द व्रिटिस कलेजमा रु २० लाख रुपैंया सम्मको छात्रबृती प्राप्त गर्नेछन् । यस प्रतियोगीतामा पहिलो हुने प्रतिस्पर्धीले आयोजकका तर्फबाट नगद पुरस्कार रु १ लाख तथा विभिन्न उपहारहरु समेत प्राप्त गर्नेछन् भने फस्र्ट रनर अप तथा सेकेण्ड रनर अपले व्रिटिस कलेज बाट रु. १५ लाख सम्मको छात्रबृती तथा सम्पूर्ण सहभागिले पहिलो बर्षका लागि पचास प्रतिशत छात्रबृत्ती प्राप्त गर्नेछन् । मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल विजेताहरु १० अक्टुबर २०२२ मा टर्किएको ईस्तानबुलमा आयोजना गरिने टप मोडल अफ युनिभर्समा प्रतिस्पर्धामा
भाग लिने मौका प्राप्त गर्नेछन् ।

पूर्व मिस नेपाल उषा खड्गी, नायक सलोन बस्नेत, नायक सलिन मान बानियाँ, मोडल पुजा गिरी, कोरियोग्राफर रोजिन शाक्य लगायतका निर्णायक मण्डलले अडिसन तथा विभिन्न प्रतिस्पर्धा मार्फत यस प्रतियोगीताका विजेता छनौट गर्नेछन् । जुलाई १६ मा द ब्रिटिस कलेज, थापथलीमा आयोजना हुने अडिसन मार्फत प्रतियोगीहरु सर्टलिस्ट गरिनेछ भने सर्टलिस्ट गरिएका प्रतियोगीहरु विभिन्न किसिमका प्रोजेक्ट वर्क तथा तालिमहरुमा सहभागी हुनेछन् । बैयक्तिक विकास र सिप विकासको उदाहरणीय प्रतियोगीताको रुपमा संचालन गरिने मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालले आ नो करिअर पाथको खोजीमा रहेका किसोर किसोरीको समग्र विकासमा ठूलो मद्दत पु¥याउने अपेक्षा गरिएको छ । तसर्थ यो एक प्रतियोगीता मात्र नभई सिकाई र समग्र विकासको अवसर समेत हो ।
१६ बर्ष देखी २१ बर्ष उमेर समूहका यूवाहरुले सहभागिता जनाउन सक्ने यो प्रतियोगीताले आत्मविश्वास,कार्यक्षमता अभिबृद्धि तथा जनसम्पर्क स्थापनामा ठूलो मद्धत पु¥याउने छ भने मोडलिङ्ग तथा  अभिनय पेशामा आबद्ध हुन चाहनेका लागि अवसर जुटाउन साहयक बन्नेछ । एसईई तथा प्सल टु परिक्षा दिएर बसेका विद्यार्थिहरुको फूर्सदलाई उपयोग गर्दै जिवनको यो क्षणलाई एक उत्पादनशिल र अविस्मरणीय बनाउन सकिने हाम्रो बुझाई रहेको छ ।

१६ देखी २१ बर्ष उमेर समूहका जो कोहिले भाग लिन सक्ने यस प्रतियोगिताको पहिलो चरणको अडिसनका लागि मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको फेसबुक पेजमा गएर अनलाईन फारम भर्नुपर्नेछ । जुलाई १६ मा आयोजना गरिने अडिसनमा छनौट भएका प्रतियोगीलाई विभिन्न तालिम, सेमिनार तथा प्रोजेक्ट वर्कमा सामेल गराई बैयक्तिक विकास गरिनेछ । यसरी तालिममा हुने सहभागिता बापत प्रतियोगीले रु. १५ हजार शुल्क तिर्नुपर्नेछ भने यसरी छनौट हुने हरेक प्रतियोगीले यस प्रतियोगीताको नलेज पार्टनर द ब्रिटिस कलेजमा पहिलो बर्षका लागि पचास
प्रतिशत छात्रबृती प्राप्त गर्नेछन् । अन्तिम प्रतियोगीताका विजेताहरुले विभिन्न किसिमका उपहारहरुका अलावा नगद पुरस्कार एक लाख रुपैंया, टर्किएको ईस्तानबुलमा हुने प्रतियोगीतामा सहभागिता तथा भ्रमणको मौकाका साथै द ब्रिटिस कलेजमा शत् प्रतिशत छात्रबृत्ती समेत प्राप्त गर्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको