Like us!
Follow us!
Connect us!
Watch us!

सेयर लगानीकर्ता अग्रवाल र गभर्नरबीच भेटवार्ता, मार्केटलाई रेस्क्यु गर्ने विषयमा छलफल

अर्थ संसार

बुधबार, २२ असार २०७९, १७ : ०७ मा प्रकाशित

सेयर लगानीकर्ता अग्रवाल र गभर्नरबीच भेटवार्ता, मार्केटलाई रेस्क्यु गर्ने विषयमा छलफल

नेपाली सेयर बजारका ठूला लगानीकर्ता दीपेन्द्र अग्रवाल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ । 

मौद्रिक नीतिको मुखैमा गरिएको भेटवार्तामा मौद्रिक नीतिमार्फत् सेयर बजारलाई कसरी रेस्क्यु गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको अग्रवालले अर्थ संसारलाई बताए । 

उनले भने, "मार्केटलाई कसरी रेस्क्यु गर्ने जुन हिसाबले अहिले मार्केट फल भएको छ मान्छेहरूलाई प्यानिक बनाएको छ, ४१२ को कुरा छ, रिस्क वेटेजदेखि, बैंकहरूले मनमर्जी रेट बढाएका लगायतका सबैकुराहरूको बारेमा गभर्नरसँग छलफल भयो ।" 

छलफलको क्रममा गभर्नरले सो कुराहरू सम्बोधन गर्ने र आगामी महिनाको पहिलो साता मौद्रिक नीति ल्याइने कोशिस रहेको बताएका छन् । गभर्नरले सम्रग अर्थतन्त्र चलायामान हुने हिसाबले नीति ल्याउने प्रतिवद्धता गरेका अग्रवालले बताए । 

उक्त भेटमा लोसपाका नेताहरू पनि सहभागी थिए । 

62c571811468a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको