Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीकाे राजिनामाले सेयर बजारमा कस्ताे प्रभाव पर्ला ?

धिरज पौड्याल

बुधबार, २२ असार २०७९, १७ : ३६ मा प्रकाशित

अर्थमन्त्रीकाे राजिनामाले सेयर बजारमा कस्ताे प्रभाव पर्ला ?

अर्थमन्त्री जनार्दन शर्माले राजिनामा दिएका छन् । उनले आज प्रतिनिधिसभाको बैठकमार्फत् राजिनामाको घोषणा गरेका हुन् । संसदमा सम्बाेधन गर्दै अर्थमन्त्री शर्माले भने, "छानबिनलाई सहयोग गर्न मार्ग प्रशस्त गर्दै आफ्नो पदबाट राजिनामा दिएको घोषणा गर्दछु ।"

अर्थमन्त्रीकाे राजिनामासँगै सेयर बजारमा कस्ताे प्रभाव पर्ला भन्ने आम लगानीकर्ताहरूको चासोको विषय बनेको छ । साेही विषयमा हामीले नेपाली पूँजी बजारका केही जानकारसँग कुरा गरेका छाैँ । उनीहरूकाे धारणा जस्ताकाे त्यस्तै तल राखिएकाे छ :

छोटेलाल रौनियार

"अन्य विषयमा मन्त्रीज्यूले त्यस्तो काम गरेको जस्तो देखिएन ब्रोकरको लाइसेन्सको कुरामा राम्रो निर्णय लिएको देखिन्छ, अध्यक्ष हमालसँग राम्राे सहकार्य देखियो। १० वर्षदेखि ब्रोकर लाइसेन्स को कुरामा आवाज उठाउँदै आएका थियौँ यो एउता ब्रेकथ्रु भएकै हो तर बच्चा जन्माउन नपाउँदै तुहिएको जस्तो लाग्छ बच्चा गर्भमा छ अब यसको ह्याण्डल कसरी हुन्छ भन्ने हो उहाँ आफै भएको भए आफैले गरेको ले यसलाई पास गर्नुहुन्थ्यो, भोलि क्याबिनेटको मीटिंग हो वा सोमबार पास गर्दिए राम्रो हुन्थ्यो। पूँजीबजार विकास विस्तार हुन्थ्यो।"

दीपेन्द्र अग्रवाल

"बजार अब पोजेटिभ हुन्छ, अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै जान्छ र अहिले देखिएको मुख्य समस्या अर्थमन्त्री र गभर्नरबीचको चिसोपनले बजारमा प्रभाव परेको थियो। नयाँ अर्थमन्त्री आएपछि अब त्यो न दोहोरिएला।"

केशव काेइराला 'काका'

"आम लगानीकर्ताको बुझाइमा अर्थमन्त्री जनार्दन शर्मा बाजार विरोधी रहेको बुझाइ छ, वास्तवमा अर्थमन्त्री अर्थतन्त्रका नीतिमा अनविज्ञ हुनुहुन्छ धितोपत्र बोर्डका अध्यक्ष हमाल र उहाँ मिलेर जुन नीति लिएर आउन लाग्नु भएको छ ती नीतिहरु कार्यान्वन नहुने हुन की भन्ने लागेको छ। विगतमा पनि यस किसिमका घटनाहरू भएका थिए ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको