Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार अन्तिममा चार्म देखिएको फाइनान्स सेक्टर प्राविधिक रुपमा हेर्दा कस्तो देखिन्छ ? किन्ने कि बेच्ने बेला ?

बसन्त पाण्डे

बुधबार, २२ असार २०७९, १८ : २३ मा प्रकाशित

बुधबार अन्तिममा चार्म देखिएको फाइनान्स सेक्टर प्राविधिक रुपमा हेर्दा कस्तो देखिन्छ ? किन्ने कि बेच्ने बेला ?

आज फाइनान्स सेक्टरमा चमक देखिएको छ। फाइनान्स परिसूचक आज ४२.१३ अङ्क (२.७२%) ले बढेको छ। अन्य उपसूचकहरु भन्दा धेरै बढेको फाइनान्स इन्डेक्समा आज भएको कारोबारलाई प्राविधिक रुपमा हेर्दा कस्तो देखियो र आगामी दिनमा फाइनान्स सेक्टर कतातिर जान सक्ला भन्ने विषयको विश्लेषण गरेर यो आलेख तयार गरेका छौं।  

प्राविधिक रुपमा फाइनान्स कस्तो देखियो फाइनान्स सेक्टर ?

भोलुम

पछिल्ला केहि दिनदेखि फाइनान्स सेक्टरमा राम्रो भोलुम आईरहेको छ। कारोबार रकम बढ्नुले बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको संख्या बढ्दै गएको संकेत गर्दछ। लगानीकर्ताहरुको आकर्षण बढ्दै जानुले सेयर मूल्य बढेर जाने सम्भावना रहन्छ।  

सपोर्ट लेभलबाट बढ्यो 

नेप्से परिसूचक १८०७ को बिन्दुमा आईपुग्दा फाइनान्स इन्डेक्सको परिसूचक १२५० को बिन्दुमा थियो। बढेर १४७७ को बिन्दुमा पुग्यो।  १४७७ को बिन्दुबाट फेरी करेक्सन आयो र १३५५ को बिन्दुलाई सपोर्ट बनाएर फाइनान्स इन्डेक्स बढ्यो। १७१० को बिन्दुसम्म पुगेको परिसूचक आज १५०० को बिन्दुमा सपोर्ट लिएर फेरी बढ्न थालेको छ। 
यसरी बजार बढ्ने क्रममा फाइनान्स इन्डेक्स एउटा सपोर्ट ट्रेन्डलाइनमा क्यान्डल बनाउँदै बढिरहेको छ। आज पनि ठ्याक्कै ट्रेन्डलाईनको सपोर्ट लेभलबाट माथितिर लागेको छ। यसले फाइनान्स इन्डेक्स बढ्दो ट्रेन्डमा गैरहेको संकेत गरेको छ।  

इण्डिकेटरहरुले के देखाईरहेका छन् ?

अन्य इन्डिकेटरहरु पनि निकै सकारात्मक देखिएको छ। यसअघि परिसूचक १७०० माथि जाँदै गर्दा बोलिंगर ब्याण्डको अपर ब्याण्ड ब्रेक गर्दै माथितिर जाने क्रममा थियो तर करेक्सन आएर १५०० को लेभलसम्म झर्यो। बोलिंगर ब्याण्डको अपर ब्याण्ड बेण्ड भएर क्यान्डलहरु माथितिर जान थाल्यो भने त्यसले एक्ट्रिम बुलिश सिनारियोको संकेत गर्नेछ। 
आरएसआई पनि ५७.७७ को लेभलमा छ। इन्डेक्स १७०० माथि पुग्दा आरएसआई ६१ माथि पुगेको थियो। त्यसपछि खसेर ५४ को लेभलमा आएको आरएसआई ५७ को लेभलमा पुग्नु निकै सकारात्मक कुरा हो। यदि आगामी दिनमा आरएसआइ ६० भन्दा माथि जान्छ भने त्यसले निकै सकारात्मक माहोल खडा हुने संकेत गर्दछ। 

लगानीकर्ताहरुले ध्यान दिनुपर्ने बिन्दुहरु

यदि भोलि बजार बन्द हुँदा फाइनान्स सेक्टरमा बुलिश क्यानडल बन्छ वा बढेर बन्द हुन्छ भने त्यसले फाइनान्स सेक्टर बढ्ने बलियो आधार तय गर्नेछ। यदि १६७० को रेसिस्टेन्स एरियालाई ब्रेक गरेर माथितिर क्यान्डल बन्छ भने १८१५ लाई टार्गेट बनाउन सकिनेछ। १८१५ पछिको अर्को टार्गेट २००० को बिन्दु हुनेछ। यदि १५०० भन्दा तलतिर जान थाल्यो भने स्टपलस गर्नु उपयुक्त हुने देखिन्छ।  

62c5835266f9f.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको