Like us!
Follow us!
Connect us!
Watch us!

भाषण गर्दागर्दै जापानका पूर्वप्रधानमन्त्रीमाथि गोली प्रहार

अर्थ संसार

शुक्रबार, २४ असार २०७९, ११ : १९ मा प्रकाशित

भाषण गर्दागर्दै जापानका पूर्वप्रधानमन्त्रीमाथि गोली प्रहार

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि पछाडिबाट गोली प्रहार भएकाे छ । पूर्वप्रधानमन्त्री आबेको छातीमा गोली प्रहार भएपछि कार्डियाेपुलमाेनरी घात भएकाे बीबीसीले जनाएकाे छ । 

टाेक्याेका पूर्व गभर्नर याेइचि मासुचाेकाे ट्वीट अनुसार उनलाई कार्डियाेपुलमाेनरी घात भएकाे हाे । कार्डियाेपुलमाेनरी घात हुनु प्रारम्भिक रूपमा जापानमा औपचारिकमा मृत्यु भएकाे घाेषणा गर्नु अगाडि भन्ने हुन्छ ।

जापानमा साना हतियार प्रतिबन्धित भएकाले कमै मात्रामा गाेलीकाण्ड हुने गर्छन् ।  नारा सहरमा भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि उनी सडकमै ढलेका थिए । उनकाे शरीरबाट रगत बगेकाे थियाे । 

स्थानीय समय अनुसार बिहान साढे ११ बजे उनीमाथि गोली प्रहार भएको थियो । गोली प्रहारमा संलग्न एक जनालाई पक्राउ गरिएको छ । आगामी आइतबार जापानको माथिल्लो सदनका लागि चुनाव हुँदैछ। सो चुनावी अभियानमा उनी भाषण  गरिरहेका थिए । 

(एजेन्सीकाे सहयाेगमा)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको