Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंक र हिमालयन बैंकको मर्जर सम्झाैता टुट्याे

अर्थ संसार

शुक्रबार, २४ असार २०७९, १२ : २८ मा प्रकाशित

सिभिल बैंक र हिमालयन बैंकको मर्जर सम्झाैता टुट्याे

सिभिल बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच आज हुने भनिएकाे मर्जर सम्झाैता टुटेकाे छ । यसअघि पनि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडकाे मर्जर प्रकृया टुटेकाे थियाे । 

हिमालयन बैंक लिमिटेडकाे पौष ३० गते, शुक्रबार बैंककाे केन्द्रिय कार्यालय, कमलादी, काठमाडाैँमा भएकाे उनन्तीसाैँ वार्षिक साधारण सभाले मर्जरकाे विशेष प्रस्ताव अस्विकृत गरेकाे थियाे । सभामा शेयरधनीहरूबीच मर्जरका विषयमा विवाद भएपछि मर्जरकाे प्रस्ताव अस्विकृत गरिएकाे थियाे । 

त्यसपश्चात् राष्ट्र बैंकले हिमालयन बैंकलाई विभिन्न कारबाही गर्दै एक वर्षभित्र अर्को संस्था खोजेर मर्जर गर्न निर्देशन दिएको थियो । साेही निर्देशन अनुसार हिमालयन बैंक सिभिल बैंकसँग मर्जरमा जान लागेकाे थियाे । आज १ बजे राजधानीको एक होटलमा हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर (एमओयू) हुने तय भएको थियो । 

तर हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले सिभिल बैंकलाई दिने सेयर आदानप्रदान अनुपातमा कुरा नमिल्दा आज सम्झाैता नहुने भएको छ ।  

हिमालयन बैंकले सिभिल बैंकलाई प्रतिकित्ता ८१ रुपैयाँका दरले गाभ्ने सहमति भएको थियो । साेही सहमति अनुसार मर्जरका लागि सम्झौता गर्न मिति र समय ताेकिएकाे थियो।

यस बीचमा हिमालयन बैंकका अध्यक्ष श्रेष्ठले कर्मचारी सञ्चय कोषलाई प्रयोग गरेर मर्जर भाँडेका बैंकका एक सञ्चालकले बताए । सञ्चय कोषले ८१ रुपैयाँको मूल्य अहिले दिन नसकिने र सम्पूर्ण सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) पछि जति तय हुन्छ त्यति दिने भनेकाे ती सञ्चालकले बताए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको