Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल ल्याईदै विश्वकप ट्वान्टी–२० ट्रफी

अर्थ संसार

शुक्रबार, २४ असार २०७९, १८ : १३ मा प्रकाशित

नेपाल ल्याईदै विश्वकप ट्वान्टी–२० ट्रफी

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पुरुष ट्वान्टी–२० विश्वकपको ट्रफी नेपाल ल्याउने भएको छ । शुक्रबार आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप २०२२ को काउन्ट डाउन सुरु गरेको आईसीसीले ट्रफीलाई विभिन्न १२ देशको २९ ठाँउमा प्रदर्शनीका लागि राखिने जनाएको छ । 

आईसीसीका अनुसार अगष्ट ३० र ३१ मा नेपालको काठमाडौंमा प्रदर्शनका लागि राखिनेछ । आईसीसीले यसअघि २०१८ एकदिवसीय विश्वकपको ट्रफी पनि नेपाल ल्याएको थियो । एकदिवसीय विश्वकपको ट्रफी विश्व सम्पदा सूचीमा रहेको काठमाडौंको वसन्तपुर,स्वयम्भुलगायत क्षेत्रमा प्रदर्शन गरिएको थियो । 

८ जुलाईमा अष्ट्रेलियाको मेलबर्नबाट सुरु हुने ट्रफी टुर १६ अक्टोबरमा अष्ट्रेलियाकै जिलोङमा पुगेर सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको