Like us!
Follow us!
Connect us!
Watch us!

आज बकर ईदको अवसरमा सार्वजनिक बिदा, सेयर कारोबार नहुने

अर्थ संसार

आइतबार, २६ असार २०७९, ०६ : ५४ मा प्रकाशित

आज बकर ईदको अवसरमा सार्वजनिक बिदा, सेयर कारोबार नहुने

आज बकर ईदको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम आयोगले गृहमन्त्रालयलाई ईदको अवसरमा आइतबार बिदा दिन सिफारिस गरेको थियो।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।

सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेसँगै अब आगामी आइतबार सेयर बजार पनि बन्द हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको