Like us!
Follow us!
Connect us!
Watch us!

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल भ्रमणमा

अर्थ संसार

आइतबार, २६ असार २०७९, १४ : ०१ मा प्रकाशित

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल भ्रमणमा

चारदिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ आइतबार बिहान काठमाडौं आइपुगेका छन् । आठ सदस्यीय प्रतिनिधिमण्डको नेतृत्व गर्दै उनी काठमाडौं आएका हुन् ।

नेपाल भ्रमणका बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा.नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार विदेश विभाग प्रमुख लिउले आईतबार बेलुकी परराष्ट्रमन्त्री खड्का र साँझ प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नेछन् । राष्ट्रपति र अन्य नेताहरुसँग उनले सोमबार भेटवार्ता गर्नेछन् ।


 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको