Like us!
Follow us!
Connect us!
Watch us!

एलन मस्कविरुद्ध मुद्दा दायर हुने

अर्थ संसार

सोमबार, २७ असार २०७९, ११ : ३० मा प्रकाशित

एलन मस्कविरुद्ध मुद्दा दायर हुने

विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कविरुद्ध मुद्दा दायर हुने भएकाे छ । उनले ट्विटर खरिद गर्ने सम्झौता रद्द गर्ने भएसँगै उनीविरुद्ध मुद्दा दायर हुने भएकाे हाे । 

ट्विटरले न्यूयोर्कको एक शीर्ष कानुनी फर्मलाई मस्कविरुद्ध मुद्दा दायर गर्ने जिम्मेवारी दिएको छ । ट्विटरले अर्को साता डेलावेयरमा मस्कलाई मुद्दा हाल्नेछ ।  ट्विटरले न्यूयोर्कका प्रमुख कानुनी फर्महरू वाचटेल, लिप्टन, रोजेन र काट्जलाई मस्कविरुद्ध अदालतमा दाबी दायर गर्न चयन गरेको द हिलले जनाएकाे छ । 

ट्विटर खरिदकाे सम्झाैता रद्द गर्दै एलन मस्क

मस्कले ट्विटरलाई ४४ अर्ब अमेरिकी डलरमा खरिद गर्ने सम्झौता अघी बढाएका थिए तर ट्विटरले आफूले मागेको जानकारी नदिएको र सम्झौताका विभिन्न कुराहरू तोडेको भन्दै भन्दै उनले सम्झौता रद्द गर्ने भएका हुन्। 

यता ट्विटर बाेर्ड अध्यक्ष ब्रेट टेलरले शनिबार कम्पनीको निर्देशक बोर्डले निश्चित मूल्य र सर्तहरूमा मस्कसँग सम्झौता तोड्न सहमत भएको जानकारी दिएका छन् । तर मर्जर सम्झौताका सर्तहरू पालना नगरेकोमा मस्कविरुद्ध कानुनी कारबाही गर्ने योजना बनाइएकाे उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको