Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा स्टार्टअप ‘हात्तीका देखाउने दाँत’ जस्तै, नीति एकातिर कार्यान्वयन अर्कैतिर !

धिरज पौड्याल

सोमबार, २७ असार २०७९, ११ : ४८ मा प्रकाशित

नेपालमा स्टार्टअप ‘हात्तीका देखाउने दाँत’ जस्तै, नीति एकातिर कार्यान्वयन अर्कैतिर !

स्टार्ट-अप तथा साना उद्योगहरुले उद्यम विकास र विस्तार गर्दा भोग्ने दुःख मध्य सबैभन्दा मुख्य दुःख हो फण्डिङग (लगानी) जुटाउन। अधिकांश स्टार्ट-अपहरु उद्यमलाई थप विस्तार गर्न फण्डिङग आवश्यक पर्ने बेला लगानी उपलब्ध नहुँदा उद्यमहरुनै बन्द हुने अवस्थामा पुगेको छन र बन्द भएका पनि छन्। साना तथा मझौला उद्यमलाई प्रवर्धन तथा बजारबाट उद्यमको लगाई लगानी जुटाउन मद्दत गर्ने उद्देश्यले विश्वका विभिन्न राष्ट्रले स्टक एक्सचेन्जमा एस. एम. ई. प्लाटफोर्म स्थापना गरेका हुन्छन्। नेपाल स्टक एक्सचेन्ज पनि यस योजनामा कार्य गरिरहेको छ। 

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले परिपक्क पूँजी बजार सम्मेलनमा एसएमई प्ल्याटर्फम बनाउन कार्यदल बनाएर छिटै अगाडि बढाउने तयारीमा रहेको बताएका थिए। एसएमई प्ल्याटर्फको लागि कानुनी रुपमा के गर्नुपर्छ, प्रक्रिया कस्तो गर्ने, प्रविधिमा के के गर्नुपर्छ लगायतका विषयहरूको अध्ययन गरी एक कार्यदल बनाएर छिट्टै प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए। 

विभिन्न राष्ट्रहरुका स्टक एक्सचेन्ज हरूले यो प्लाटर्फम विकास गर्दा सुरु भइरहेका उद्यमीहरुले राम्रो उपभोग गरेका थिए। आज विश्व अर्थतन्त्र हेर्नेको भने नवप्रवर्द्धन उद्यमलाई प्रवर्द्धन गरेका राष्ट्रहरूले अहिले राम्रो आर्थिक स्तर बनाएका छन् । पश्चिम एशियाली राष्ट्र इजराइललाई हेर्ने हो भने १४०० व्यक्ति बराबर १ स्टार्ट-अप पुग्न जान्छ। अमेरिकन स्टक एक्सचेन्ज मा ८३ वटा उद्यमहरु लिस्टेड रहेका छन्। अमेरिकन स्टक एक्सचेन्ज मा अमेरिका भन्दा बाहिरका राष्ट्रका कम्पनीमा सबैभन्दा बढी इजराइलका कम्पनी लिस्टेड भएका छन्। सन् १९९५ देखि तिब्र आर्थिक विकास भएको छ। इजराइलमा बारम्बार हुने युद्धले पनि उसलाई आर्थिक गति लिन रोक्न सकेन।

उद्यमलाई प्रवर्द्धन गर्ने नीति लिएका राष्ट्रहरूमा स्वस्थ अर्थतन्त्र देखिएको छ । 

छिमेकी राष्ट्र भारतले स्टार्टअप इण्डिया नामक योजना अगाडि सारेर नवपर्वर्तन्हरुलाई विकास विस्तार गर्ने योजना लिएको थियो जसका कारण भारतमा स्टार्टअपले अर्थतन्त्रमा राम्रो योगदान गरेको छ। स्टार्टअपको भ्यलुएसन हेर्नेहो भने हालसालै १०१ वटा युनिकर्न स्टार्टअप भएका छन्। 

नेपालमा विगत ८-१० वर्षदेखि बजेटमा स्टार्टअप प्रवर्धन गर्न बजेटमा विभिन्न नीतिहरु समावेश गरिरहेको छ तर कार्यान्वन पक्षमा चुकीरहेको छ। २०७३/७४ को बजेटमा १ अर्बको च्यालेन्ज फण्ड व्यवस्था गर्ने घोषणा गरेको थियो। त्यसपछिका बजेटमा पनि च्यालेन्ज फण्ड र इक्वीटी फण्डका कुराहरू समावेश गरिएका थिए तर कार्यान्वयन हुन सकेन। 

राष्ट्रिय योजना आयोगले २०७७ साल वैशाखमा स्टार्टअप गर्ने चाहना भएका युवालाई फण्डिङ गर्ने उद्देश्यले ५ देखि ५० लाखसम्मको योजना ल्याएको थियो। कार्यविधि व्यवस्था नभएको भन्दै योजना अघि बढ्न सकेको थिएन हाल भने यो योजना अघि बढाइएको राष्ट्रिय योजना आयोगले बताएको छ। 

यस आर्थिक वर्षको बजेटमा पनि राम्रो व्यवस्था गरेको छ तर हरेक वर्ष कार्यान्वयनमा प्रश्न उठी रहन्छ। 

छिमेकी राष्ट्र भारतको बम्बाई स्टक एक्सचेन्जमा व्यवस्था गरिएको स्टार्टअप प्लार्फमबाट उद्यमीले करोडौं रुपैयाँ फण्डीङ उठाउन सक्ने बीएसईका निर्देशक आशिष चौहानले बताएका थिए। भारतमा २०१२ मा सुरु भएको एसएमई सेगमेन्टलाई थप विस्तार गरी २०१८ मा स्टार्टअप प्लार्फम लन्च गरेको थियो। भारतको स्टार्टअप इण्डिया योजनामा दर्ता भएका स्टार्टअपले लगानी जुटाउन सक्छन्। ३८० कम्पनी यस प्लाटर्फममा लिस्टेड भएका छन्। प्लाटफर्म बाट हालसम्म ४०४७.६९ करोड रुपैयाँ स्टार्टअपले रेज गरेका थिए। १४७ वटा स्टार्टअप हाल मेन वोर्डमा कारोबार गरिरहेका छन्। 

नेपालमा एसएमई प्लाटर्फम बारे धितोपत्र बोर्डले २ वर्ष अगाडि अध्ययन गरेको थियो। यस बारे आउटलाइन र नीतिगत ड्राफ्ट बन्ने कुरा हेर्दा नेपालमा छिट्टै यस्ताे प्लाटफर्मको व्यवस्था होला भन्ने अवस्था छैन। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको