Like us!
Follow us!
Connect us!
Watch us!

'बोर्डले "हलो अड्काएर गोरु चुट्ने काम गर्यो" एक वर्षको समय दिए हामी सबै सेवा दिन सक्षम छौँ'

अर्थ संसार

बुधबार, २९ असार २०७९, ११ : ३५ मा प्रकाशित

नेपाल स्टक ब्रोकर एसाेसिएसनका अध्यक्ष सन्तोष मैनालीले नेपाल धितोपत्र बोर्डले हलो अड्काएर गोरु चुट्ने काम गरेको आरोप लगाएका छन् । अर्थसंसार डटकमको कार्यक्रम अर्थसंसार विशेषमा बोल्दै उनले धितोपत्र बोर्डले बजार विस्तारका लागि आफूहरुले शाखा विस्तारका लागि माग गर्दा लामो समयसम्म अनुमति नदिएको बताएका छन् । 

ब्रोकहरुले सेवा विस्तार गर्न सकेनन्, आम लगानीकर्ताहरुको पहुँचमा ब्रोकर सेवा पुग्न नसक्नुमा ब्रोकर दोषी हुन् भन्ने आरोप निराधार भएको तर्क गर्छन मैनाली । ‘हामीले आजभन्दा केहि वर्ष अगाडी नै ३०० वटा शाखा विस्तारको माग सहित धितोपत्र बोर्डमा आवेदन दिएका थियौँ तर त्यतिबेला आवेदन दिएका कतिपय शाखा विस्तारको अनुमति अहिलेसम्म पनि पाएका छैनौ’ उनले भने ‘कतिपय ठाँउहरुमा शाखाको भौतिक संरचना तयार भएको एक वर्ष बितिसक्दा पनि बोर्डबाट अनुगमन नगरीँदिदा सञ्चालन हुन सकिरहेका छैनन् ।’

अध्यक्ष मैनालीले बोर्डले अंगिकार गरेको ब्रोकरको फ्रि इन्ट्री, फ्रि इक्जिट प्रणाली नै नेपालमा असफल भइसकेको बताएका छन् । ‘उनले नेपाल राष्ट्र बैंक जस्तो नियामक निकाय भएको बैंक तथा वित्त क्षेत्रमा त यो प्रणाली सफल हुन सकेन भने अब ब्रोकरमा कसरी सफल होला’ मैनालीले भने ।

नियामकहरु कुनै पनि नीती नियम ल्याँउदा सबैभन्दा पहिले त्यसको आवश्यकता र औचित्य पुष्टि गर्न सक्नुपर्ने उनको तर्क छ । ‘हामीले नेपालमा नयाँ ब्रोकर आउन नै हुँदैन अरु कसैले यो व्यवसाय चलाउनै पाँउनु हुँदैन भनेर भनेका छैनौँ बस हाम्रो माग यति मात्र होकी अहिलेको अवस्थामा ब्रोकर थप्नुपर्ने आवश्यकता किन पर्यो धितोपत्र बोर्डले त्यो कुरा स्पष्ट पार्न सक्नु पर्यो’ उनल भने ‘अहिले धितोपत्र बोर्डले जे जति नयाँ कामहरु गर्ने भनेको छ ती सबै कामहरु हामीले नै गर्न सक्षम छौ हामिलाई एक बर्षको समय दिएर काम गर्ने अवसर दिइयोस् भन्ने हाम्रो माग हो ।’ 

मैनालीसँग गरिएको भिडियो कुराकानीः

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको