Like us!
Follow us!
Connect us!
Watch us!

संसदमा माओवादीको माग-‘गभर्नरमाथि तत्काल छानबिन गरियोस्’

अर्थ संसार

बुधबार, २९ असार २०७९, ११ : ४३ मा प्रकाशित

संसदमा माओवादीको माग-‘गभर्नरमाथि तत्काल छानबिन गरियोस्’

विभिन्न विवादमा मुछिएका नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमाथि छानबिनकाे माग गरिएकाे छ । नेकपा (माओवादी केन्द्र) ले छानबिन गर्न माग गरेको हाे ।

एमाले अर्थसमितिकै सदस्यले भने, 'एम. अधिकारी भनेको गभर्नर नै हो, धेरै बैठकमा उनी सहभागी भएका छन्'

आज बुधबार संसदको बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले राष्ट्र बैंकका गर्भनरमाथि छानबिन गर्न माग गरेकी हुन् । नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी)मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश रहनु ऐन विपरित भएको भन्दै छानबिनकाे माग गरिएकाे हाे ।

यता गभर्नर अधिकारीले पनि आफू कुनै पार्टीको समितिमा बस्ने बारेमा सोच्न पनि नसक्ने भन्दै आफ्नो बचाऊ गरेका छन्। तर उक्त समितिकै एक सदस्यले गभर्नर अधिकारी सो समितिको सदस्य भएको र नियमित रुपमा समितिका बैठकहरुमा उपस्थित हुने गरेको भन्ने पुष्टि गरेपछि गभर्नर अधिकारी एमाले कार्यकर्ता रहेको पुष्टि भएको छ।  
  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको