Like us!
Follow us!
Connect us!
Watch us!

सडकदेखि सदनसम्मको दवावलाई झेल्न नसक्दा पूर्वनिर्धारित कार्यक्रममै गएनन् गभर्नर

अर्थ संसार

बुधबार, २९ असार २०७९, १५ : ४८ मा प्रकाशित

सडकदेखि सदनसम्मको दवावलाई झेल्न नसक्दा पूर्वनिर्धारित कार्यक्रममै गएनन् गभर्नर

विवादमा मुछिएका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पूर्व निर्धारित कार्यक्रममा अनुपस्थित भएका छन् । मौद्रिक नीति सार्वजनिक गर्ने बेला हुन लाग्दा उनलाई दिनहुँ जसो मौद्रिक नीतिसँग सम्बन्धित कार्यक्रममा गएर फुर्सद हुँदैनथ्यो । 

आज पनि उनीसहितको पूर्व निर्धारित कार्यक्रम थियो । तर उनी आजको कार्यक्रममा भने गएनन् ।  बुधबार चार्टर्ड एकाउन्टेन्स् संघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धि प्यानल डिस्कसन कार्यक्रमको सेड्युलमा उनको पनि नाम थियो । पूर्वनिर्धारित कार्यक्रममा आफू नगएर आफ्नो सट्टामा उनले डेपुटी गभर्नर बम बहादुर मिश्रलाई पठाएका हुन् । 

हिजो विवादमा तानिएका उनी आजै कार्यक्रममा उपस्थित नहुँदा आम व्यक्तिलाई झनै शङ्का गर्ने बाटो खुलेको छ । नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी) मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश रहेकाे र एम अधिकारी भन्नाले गभर्नर महाप्रसाद अधिकारी नै रहेकाे बुझिएपछि उनकाे बर्खास्तीकाे चाैतर्फी माग गरिएकाे छ ।  सडकदेखि सदनसम्म उनकाे राजिनामा र छानबिनकाे माग भएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको