Like us!
Follow us!
Connect us!
Watch us!

सेयरमा गरेको लगानीबाट सरकारले पायो १२ अर्ब ७५ करोड रुपैयाँ नगद लाभांश

अर्थ संसार

विहीबार, ३० असार २०७९, ०७ : ३६ मा प्रकाशित

सेयरमा गरेको लगानीबाट सरकारले पायो १२ अर्ब ७५ करोड रुपैयाँ नगद लाभांश

नेपाल सरकारले यो बर्ष विभिन्न संस्थाहरुको सेयरमा गरेको लगानीबाट १२ अर्ब ७५ करोड १३ लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेको छ । सरकारले विभिन्न ८ वटा संस्थानहको सेयर स्वामित्ववाट उक्त नगद लाभांश प्राप्त गरेको हो । 

यो वर्ष सरकाले सबैभन्दा बढि नेपाल राष्ट्र बैङ्कबाट नगद लाभांश प्राप्त गरेको छ । सरकारले नेपाल राष्ट्र बैङ्कबाट ६ अर्ब रुपैयाँ, नेपाल टेलिकमबाट अर्ब ४८ करोड ९७ लाख रुपैयाँ, नेपाल आयल निगमबाट १८ करोड ८१ लाख रुपैयाँ, कृषि विकास बैङ्क लिमिटेडबाट ६४ करोड ४ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैङ्कबाट ३१ करोड ५० लाख रुपैयाँ, नेपाल स्टक एक्सचेञ्जबाट ८ करोड ८० लाख रुपैयाँ, बुटवल पावर कम्पनीबाट २ करोड ९८ लाख रुपैयाँ समेत गरि ८ संस्थाबाट १२ अर्ब ७५ करोड १३ लाख रुपैयाँ नगद लाभांश प्राप्त भएको देखिन्छ । 

यो वर्ष प्राप्त गरेको लाभांश गत वर्ष प्राप्त भएको भन्दा ४५.६५ प्रतिशतले घटेको देखिन्छ । ती बाहेक १०६ संस्थामा गरेको सेयर लगानीबाट यो वर्ष कुनै प्रतिफल प्राप्त गरेको छैन ।

महालेख नियन्त्रण कार्यलयका अनुसार नेपाल सरकारले गत बर्षसम्म विभिन्न ११४ संस्थामा साधारण, अग्राधिकार सेयर र अन्तराष्ट्रिय संस्थामा समेत गरी कुल ३ खर्ब १५ अर्ब ७० करोड २८ लाख रुपैयाँ सेयरमा लगानी गरेकोमा यो वर्ष २६ अर्ब ९६ करोड, ७४ लाख थप लगानी गरेको छ । सेयर लगानीमा समायोजन भएको ५५ करोड ९२ लाख रुपैयाँ घटाउदाँ यो वर्षसम्म ३ खर्ब ४२ अर्ब ११ करोड १० लाख सेयर लगानी भएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको