Like us!
Follow us!
Connect us!
Watch us!

अपर तामाकोशीको सेयरमा चलखेल भएको भन्दै सेबोनमा निवेदन, २ दिनको कारोबार रद्द गर्न माग

अर्थ संसार

शुक्रबार, ३१ असार २०७९, ११ : ५७ मा प्रकाशित

अपर तामाकोशीको सेयरमा चलखेल भएको भन्दै सेबोनमा निवेदन,  २ दिनको कारोबार रद्द गर्न माग

सेयर लगानीकर्ता ध्रुब प्रसाद दाहालले हकप्रदका नाममा अपर तामाकोशीको सेयर मूल्यमा चलखेल भएको भन्दै सेवोनमा निवेदन दिएका छन् । उनले असार ३० गते र ३१ गते गते भएका कम्पनीको सम्पुर्ण कारोबार रद्द गर्न समेत माग गरेका छन् । 

बार्षिक साधारण सभा बस्नु भन्दा केहि दिन पहिले संचालक समितिको बैठक बसेर बार्षिक साधारण सभाको बैठकमा गरिने छलफलका बिषय टुंगो लगाई पत्रपत्रिकामा उक्त विवरण सार्बजनिक गर्नु पर्नेमा बार्षिक साधारण सभा हुने कुनै सुरसार समेत नहुदा पनि संचालक समितिको बैठक बसेर आगामी बार्षिक साधारण सभामा प्रस्तुत गर्ने भनि निर्णय गर्नु खुल्लम खुल्ला बेइमानी र धोका भएको उनको तर्क छ । 

उनले कम्पनी माथी लागेका आरोपहरु पृष्टि हुने केहि आधारहरु समेत पेश गरेका छन् । उनले पेस गरेका आधारहरु निम्न छन्ः

१. हकप्रद जारि गर्ने निर्णय प्रकृया नमिलेको l चौथो त्रैमासिक सकिनु भन्दा २ दिन अगाडी मात्र हकप्रद जारि गर्ने निर्णय किन गर्नु पर्यो? 

२. २०७९-०३-३० मा दिउसो संचालक समितिको बैठक बस्दा पनि दोश्रो बजारका लागानिकर्ताहरुलाई बेलुका मात्र थाहा दिइएको l साथै सम्पूर्ण मिडियामा बेलुका मात्र समाचार प्रकाशित गरिएको l  

३. यदि संचालक समितिको बैठक बेलुका मात्र बसेको हो भने नेपाल धितोपत्र बोर्ड, डी एस एण्ड क्लियरिन्ग लिमिटेडको कम्पनि छाप पत्रमा कसरि आयो l  

४. नेपाल धितोपत्र बोर्ड, डी एस एण्ड क्लियरिन्ग लिमिटेडलाइ जानकारी गराउनु पूर्व कम्पनीको वेबसाइटमा प्रकाशित गर्नु पर्ने हो होइन? किन नेपाल स्टक एक्चेन्ज लिमिटेडको वेबसाइटमा  प्रकाशित गरिएन l सम्पूर्ण मिडियामा यस सम्बन्धि समाचार आएपछि नेपाल स्टक एक्चेन्ज लिमिटेडको वेबसाइटमा २०७९-०३-३० को बेलुकाको समय राखेर सुचना किन राखियो l  

५. ५८ र ४५ नम्बर ब्रोकर कम्पनि बाट लागातार ७ दिन भन्दा बढी समया शेयर खरिद भए पछि मात्र हकप्रद सम्बन्धी समाचार बाहिर प्रकाशित भएको l समाचार आउने दिन कम्पनीको बजार मूल्य लगभग ७ प्रतिशत बढेको l  

६. संचालक समितिको बैठकको समय समेत नखुलेको l  

62d10652b66b8.jpg 62d10652dd771.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको