Like us!
Follow us!
Connect us!
Watch us!

बरुण हाइड्रोकाे १०० प्रतिशत हकप्रद समायोजनपछिको मूल्य कति ?

नेप्से

आइतबार, ०१ साउन २०७९, १६ : ०४ मा प्रकाशित

बरुण हाइड्रोकाे १०० प्रतिशत हकप्रद समायोजनपछिको मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

कम्पनीकाे १०० प्रतिशत हकप्रद सेयरपछि नेप्सेले प्रतिकित्ता २ सय ७१ रूपैयाँ ५० पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आज आइतबारको अन्तिम कारोबार मूल्य ४ सय ४३ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १०० प्रतिशत अर्थात् १:१ काे अनुपातमा २६ कराेड ७९ लाख ७ हजार ५ सय रूपैयाँ बराबरकाे २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट असार १५ गते, बुधबार अनुमति पाएकाे थियाे ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि आरविवि मर्चेन्ट एण्ड बैंकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

62d3e3792ac53.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको