Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको लिलामी सेयरकाे बिक्री प्रक्रिया स्थगित

अर्थ संसार

सोमबार, ०२ साउन २०७९, ११ : ३४ मा प्रकाशित

सिटिजन्स बैंकको लिलामी सेयरकाे बिक्री प्रक्रिया स्थगित

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले असार २९ गतेदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे संस्थापक समूहको सेयर हाललाई स्थगित गरिएको छ । 

बैंकले संस्थापक सेयरधनीमध्येकाे २ लाख ६५ हजार ९ सय ९९ कित्ता संस्थापक सेयर विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरूलाई न्यूनतम मूल्य प्रतिसेयर एक सय ५२ रूपैयाँमा निष्कासन गरेकाे थियाे । 

उक्त प्रकृया हाललाई स्थगित गरिएको बैंकले जानकारी दिएकाे छ । 

त्यसैगरी, बैंककाे सेयर बिक्री प्रबन्धककाे काम सनराइज क्यापिटल लिमिटेडले गरेकाे छ । 

62d4f5742da24.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको