Like us!
Follow us!
Connect us!
Watch us!

लगातार ९ महिनादेखि डाउनट्रेन्डमा रहेको बिटक्वाइन विगत १ महिनादेखी साइडवेजमा

धिरज पौड्याल

सोमबार, ०२ साउन २०७९, १६ : ४१ मा प्रकाशित

लगातार ९ महिनादेखि डाउनट्रेन्डमा रहेको बिटक्वाइन विगत १ महिनादेखी साइडवेजमा

क्रीप्टोकरेन्सीहरुमध्ये बिटकोइनलाई सबैभन्दा बढी लोकप्रिय मानिन्छ । काभिड समयमा उच्च रूपमा बढेको यसको मूल्य कोभिडको अन्त्यसँगै पछिल्लो ९ महिनामा यसको मूल्य निरन्तररुपमा घटिरहेको छ। विश्व अर्थतन्त्र संकुचनमा आएसँगै यसको मूल्यमा गिरावट देखिएको पनि छ। नोभेम्बर,१०-२०२१ मा सर्वाधिक ६९ हजार ५३० अमेरिकी डलर सर्वाधिक मूल्यमा पुगेको बिटक्वाइनको मूल्य जुन १८ मा १९००० अमेरिकी डलरको हाराहारीमा आएको छ।

नोभेम्बर १० बाट गिरावट आउन थालेको यसको मूल्य ८ महिनाको अवधिमा ५० हजार अमेरिकी डलरको गिरावट आएको छ। नेपाली मूल्यमा हिसाब गर्दा प्रति टोकन ६५ लाख रुपैयाँको गिरावट हो। 

१८ जुनमा न्यूनतम बिन्दुमा आएको बिटकोइनको भ्यालु त्यसपछि आज जुलाई १८ सम्म आइपुग्दा बजार साइड वे ट्रेन्डमा रहेको छ । बजारमा यस किसिमको ट्रेन्ड मे १० देखि जुन १० सम्म यस्तो ट्रेन्ड देखिएको थियो तर जुन १० देखि जुन १८ सम्ममा ९५०० अमेरिकी डलर बढीको गिरावट आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको