Like us!
Follow us!
Connect us!
Watch us!

बिट क्ववाइनको मुल्य १ लाख डलर नाघ्यो, कारण ट्रम्पको जित

अर्थ संसार

शुक्रबार, २१ मंसिर २०८१, ०८ : २६ मा प्रकाशित

बिट क्ववाइनको मुल्य १ लाख डलर नाघ्यो, कारण ट्रम्पको जित

बिट क्ववाइनकोमूल्य पहिलो पटक १ लाख डलरले नाघेको छ। 

जनवरी २०२४ मा डोनाल्ड ट्रम्पले संयुक्त राज्यको सिंहासन ग्रहण गर्नु अघि बिटक्वाइनको मुल्य १ लाख डलर नाघेको हो ।

क्रिप्टो व्यापारीहरूले ट्रम्प प्रशासनले क्रिप्टोकरेन्सी मैत्री नीति ल्याउन सक्ने आशा गरेका छन्, जसका कारण बिटक्वाइनमा रेकर्ड वृद्धि देखिएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिटक्वाइन र क्रिप्टोकरेन्सीको पक्षमा दिएको अभिव्यक्तिका कारण बिटक्वाइनको मूल्य बढेको छ ।

उनले मस्कोमा आर्थिक फोरममा भने कि अब कसैले बिटक्वाइन र भर्चुअल सम्पत्तिमा प्रतिबन्ध लगाउन सक्नेछैन।

आज अर्थात डिसेम्बर ५ मा बिटकोइन १०२, ७२७ अमेरिकन डलरमा कारोबार भइरहेको छ । गत नोभेम्बर ५ मा अमेरिकी राष्ट्रपति चुनावको नतिजा घोषणा भएदेखि बिटक्वाइनको भाउ बढ्दै गएको छ। चुनावी अभियानका क्रममा ट्रम्पले अमेरिकालाई बिटक्वाइन र क्रिप्टोकरेन्सी विश्वको राजधानी बनाउने वाचा गरे पछि यसको मुल्य बृद्दी थप भएको हो ।

पल एटकिन्सलाई एसएसी प्रमुख बनाउने सम्भावनाका कारण बिटक्वाइनले पनि गति लिएको जनाइएको छ । सन २०१७देखि  एटकिन्सले डिजिटल चेम्बर अफ कमर्सको सह–अध्यक्षता गरिरहेका छन्, जुन डिजिटल सम्पत्तिहरूको प्रयोगलाई बढावा दिने संस्था हो । 

सन् २०२४ मा बिटक्वाइनको मूल्य १३४ प्रतिशतले बढेको छ । जहाँ नोभेम्बर ५ मा भएको राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको जितपछि बिटक्वाइन ५० प्रतिशतले बढेको छ ।  बर्नस्टेनका विज्ञहरूले २०२५ मा बिटक्वाइनको मूल्य २ लाख डलर हुने भविष्यवाणी गरेका छन् ।

यसको मतलब वर्तमान स्तरबाट यस क्रिप्टोकरन्सीमा दोहोरो वृद्धि हुन सक्छ। ट्रम्पले अमेरिकामा बिटक्वाइन रिजर्भ सिर्जना गर्न सक्छन्, यस्तो अवस्थामा अहिले बिटक्वाइनको कडा खरिद भइरहेको छ । जसका कारण पनि मूल्यमा कीर्तिमानी वृद्धि भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको