Like us!
Follow us!
Connect us!
Watch us!

नमस्ते पे एपबाट फ्लाइट टिकट बुकिङ गर्ने सुविधा सुचारु

अर्थ संसार

सोमबार, ०२ साउन २०७९, १७ : ०८ मा प्रकाशित

नमस्ते पे एपबाट फ्लाइट टिकट बुकिङ गर्ने सुविधा सुचारु

नमस्ते पेले आफ्ना ग्राहकहरुका लागि आन्तरिक उडान टिकट सेवा सुरु गरेको छ । यो सेवा हाल Android मा उपलब्ध छ र चाँडै  IOS मा पनि लन्च हुनेछ।

नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेट मार्फत किफायती दरमा आन्तरिक गन्तव्यहरूको लागि उडान टिकटहरू (एकतर्फी र राउन्ड ट्रिप) किन्न सक्नेछन् । नमस्ते पे प्रयोगकर्ताहरूले भरपर्दो र सुरक्षित बुकिङ्ग पार्टनरबाट एयरलाइन्स टिकट बुक गर्न सक्षम हुनेछन्।

साथै, नमस्ते पेले उडान गर्नेहरूका लागि आकर्षक  अफर ल्याएको छ । जस अन्तर्गत उडान टिकट खरिद गर्ने पहिलो पाँच ग्राहकहरूले आफ्नो वालेटमा ३ सय रूपैयाँको फ्ल्याट क्यासब्याक पाउनेछन् । बाँकीले उडान टिकट खरिद गर्दा एक सय ५० रूपैयाँको फ्ल्याट क्यासब्याक पाउनेछन् र भाग्यशाली एक प्रयोगकर्ताले पोखराको दुईतर्फी उडान टिकट पाउनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको