कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपालले टिकटक प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा भाग लिने प्रतियोगीले कम्पनीको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनु पर्नेछ । प्रतियोगितामा साउन ०६ गतेदेखि भदौ ०६ गतेसम्म भिडियो पोस्ट गरिसक्नुपर्नेछ ।
पहिलो बिजेताले डेढ लाख नगद रुपैयाँ पाउनेछन् । दोस्रो (दुई जना) प्रतिव्यक्ती एक लाख नगद रुपैयाँ पाउनेछन् । त्यस्तै तेस्रो (तीन जना) प्रतिव्यक्ती पचहत्तर हजार प्रदान गरिनेछ भने चौथो (चार जना) प्रतिव्यक्ती चालीस हजार र पाचौं (पाँच जना) प्रतिव्यक्ती तिस हजारका दरले पुरस्कार स्वरुप नगद प्रदान गरिने एसवाई प्यानलका महाप्रबन्धक शशी साहले जानकारी दिए ।
प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरुलाई छनौट गरि ३० प्रतिशत लाइकको आधारमा ४० प्रतिशत सिर्जनात्मक र निर्णायकको आधारमा र १० प्रतिशत मोस्ट भिउज , मोस्ट शेयर ,मोस्ट कमेन्टको आधारमा विजयी घोषणा गरिने जनाएको छ ।
भाद्र दस गते पुरस्कार बितरण गरिनेछ भने भिडियो सिर्जनात्मक र सभ्य हुनुपर्नेछ । टिकटक बनाइसकेपछि अनिवार्य रुपमा @SY_NEPAL मा TAG गर्नुपर्नेछ भने HASHTAG को रुपमा #synepal #sayyes प्रयोग गर्नुपर्नेछ ।
महाप्रबन्धक साहका अनुसार नेपाल सरकारको नियम अनुसार लाग्ने कर बिजेता स्वयंले ब्यहोर्नु पर्नेछ । कोरियाली कम्पनी एसवाई प्यानलद्वारा उत्पादन भएका फेब्रिकेटेडको प्रयोग गरी घर, भवन लगायत निर्माण भइरहेको छ । नेपालमा एसवाई प्यानल लोकप्रिय हुँदै गइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस