Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ मा आवेदन दिने आज अन्तिम माैका

अर्थ संसार

बुधबार, ०४ साउन २०७९, १० : १० मा प्रकाशित

ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ मा आवेदन दिने आज अन्तिम माैका

ग्लोबल आइएमई क्यापिटलले असार २२ गते, बुधबारबाट ग्लोबल आइएमई म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने गरी 'ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१' निष्कासन तथा बिक्री खुल्ला गरिरहेको छ । उक्त फण्डमा आवेदन दिने आज (श्रावण ४ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । 

कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंक र योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल रहेको फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये १३ दशमलव ५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाइ कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंकलाई तथा १ दशमलव ५० प्रतिशत १८ लाख इकाई योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई सुरक्षित राखी बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएकाे छ । 

यस खुलामुखी योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतम एक कराेड २० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट, सि–आस्वा प्रणालीमार्फत वा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको