Like us!
Follow us!
Connect us!
Watch us!

आम लगानीकर्ताको आवाज बोल्ने अर्थसंसारलाई आठौँ वार्षिकाेत्सवको शुभकामना

अर्थ संसार

शुक्रबार, ०६ साउन २०७९, ०७ : ३४ मा प्रकाशित

आम लगानीकर्ताको आवाज बोल्ने अर्थसंसारलाई आठौँ वार्षिकाेत्सवको शुभकामना

सर्वप्रथम त आजबाट आफ्नो स्थापनाको आठ वर्ष पुरा गरी नवौँ वर्षमा प्रवेश गरेको नेपालको एक अग्रणी आर्थिक मिडिया अर्थ संसार डटकम तथा यसमा आवद्ध सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना । साथै आउँदा दिनहरुमा अर्थतन्त्र एवमं स्टक मार्केट सम्बन्धी खोजमुलक र सत्य तथ्य समाचार सम्प्रेषणको अपेक्षाका साथ उत्तरोत्तर प्रगतीको कामना गर्दछु ।

कुनै पनि कम्पनीले सर्वसाधारणको लागि आईपीओ जारी गर्दा १० कित्ता बाँड्ने नीति आएसँगै डिम्याट खाताहरु आजको दिनसम्ममा उल्लेख्य संख्यामा वृद्धि भइरहेको छ । आज करिब ५२ लाख डिम्याट खाता सञ्चालनमा छन् । हाल बजारको अवस्थालाई हेर्दा सेयर सचेतना एवम वित्तीय साक्षरताको कमी महसुस गर्न सकिन्छ । त्यसकारण सेयर सचेतना तथा वित्तीय साक्षरता सम्बन्धी लेख तथा अन्तरवार्ताहरु प्रकाशन र प्रशारण प्राथमिकता मै पर्दछ। पाठक र दर्शकको रोजाइलाई मध्यनजर गर्दै मिडियाले कार्यक्रमहरु बनाउँदै जानुपर्ने कुरा त यथावत नै छ।

नेपालको पूँजीबजार यहाँसम्म आइपुग्नुमा यस अर्थसंसार डटकमको भूमिकालाई हामि लगानीकर्ताहरुले उच्च मूल्यांकन गरेकै छौँ । आम लगानीकर्ताहरुको आवाजलाई नियामकको कानसम्म पुर्याउन यसले खेलेको भूमिकालाई नजरअन्दाज गर्न सकिँदैन । बजारमा भएका विकृति र बिसंगतीलाई चिरफार गर्ने भुमिका अर्थसंसारले निर्वाह गरिरहेको छ र आगामी दिनहरुमा पनि यसले आफ्नो यो भुमिकामा खरो रुपमा उत्रिनेछ भन्ने लगानीकर्ताहरुको अपेक्षा पनि छ । 

म व्यक्तिगत तवरले तथा हाम्रो समूहले पनि बेला बेलामा बजारको अवस्था तथा पाठकहरुको भावना बुझेर केही लेखहरु प्रस्तुत गर्ने जमर्को गरिराख्ने वाचा गर्न चाहन्छौँ । एक हातले ताली बज्न असम्भव छ। त्यसैले लगानीकर्ता साथीहरुको जिज्ञासा र आवश्यकतालाई बुझेर कार्यक्रम बनाउने तपाइँहरुको प्रयास अझ सार्थक बन्नेमा विस्वस्त छु ।

छोटो समयमा पाठक तथा दर्शक माझ आफ्नो एउटा छुट्टै पहिचान राख्न सक्षम भएकोमा बधाइ दिन चाहेँ । आगामी दिनमा अझै उत्कृष्ट लेख रचना भिडियो सन्देश हरु यस माध्यमबाट प्रस्तुत हुँदै जाउन् भन्ने शुभकामना । 

जय लगानीकर्ता ।

हामी आभारी छौँ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको