Like us!
Follow us!
Connect us!
Watch us!

१३.३९% ले बढ्याे सिभिल लघुवित्तको नाफा, कस्ता छन् अन्य सूचक ?

अर्थ संसार

शुक्रबार, ०६ साउन २०७९, ०७ : ४४ मा प्रकाशित

१३.३९% ले बढ्याे सिभिल लघुवित्तको नाफा, कस्ता छन् अन्य सूचक ?

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चाैथाे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ३६ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १३.३९ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले ६ करोड ४९ लाख ३९ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि ३७.३१ प्रतिशतले बढेर २३ करोड ९६ लाख ८० हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी १७ करोड ४५ लाख ५६ हजार रूपैयाँ रहेकाे थियाे ।

चाैथाे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि १८.०६ प्रतिशतले बढेर १० कराेड ८४ लाख ६० हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष संस्थाले ९ करोड १८ लाख ६७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी २८ करोड ८१ लाख २४ हजार रुपैयाँ र जगेडा कोषमा १३ करोड ८ लाख ७३ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाकाे प्रतिसेयर आम्दानी ( ईपीएस) २५ रूपैयाँ ५६ पैसा र प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ८५ पैसा रहेकाे छ ।

हामी आभारी छौँ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको