Like us!
Follow us!
Connect us!
Watch us!

ई–कमर्स प्लेटफर्म बिजबजारले नेपालमा इकमर्सको आवश्यकता, चुनौती तथा अवसरबारे छलफल सम्पन्न

अर्थ संसार

शनिबार, ०७ साउन २०७९, ०९ : ४० मा प्रकाशित

ई–कमर्स प्लेटफर्म बिजबजारले  नेपालमा इकमर्सको आवश्यकता, चुनौती तथा अवसरबारे छलफल सम्पन्न

बिजबजारले  भेन्डर मिट कार्यक्रम आयोजना गरेको छ।  कार्यक्रममा बिजबजारका आगामी योजना तथा नेपालमा इकमर्सको आवश्यकता, चुनौती तथा अवसरहरूका बारे विस्तृत छलफल भएको कम्पनीले जनाएको छ। उक्त कार्यक्रममा विभिन्न विधाका करिब २०० जना बिक्रेताहरूको सक्रिय सहभागिता रहेको थियो।

समग्र कम्पनी समूहका अध्यक्ष राम चन्द्र शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले अहिले सम्मको बिजबजारको व्यापारिक अनुभव तथा कम्पनीका आगामी योजनाहरू बिक्रेताहरू माझ राख्दै बिक्रेताहरू र ई–कमर्स प्लेटफर्म बिचको सम्बन्ध तथा सहकार्यको महत्त्व र त्यसबाट समग्र अर्थतन्त्रलाई पुग्न सक्ने टेवाका बारेमा जानकारी दिँदै नेपालले कल्पना गरेको डिजिटाइजेसन् हासिल गर्न ई–कमर्स प्लेटफर्म र बिक्रेता बिचको समन्वयन अपरिहार्य हुने कुरा बताएका थिए। 

सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत गणेश गौतमले ई–कमर्स र ग्राहक बिचको सम्बन्धका बारेमा विस्तृत प्रस्तुति दिँदै ई–कमर्स प्लेटफर्म प्रति विभिन्न वर्गका ग्राहकहरूको मनोविज्ञान र व्यवहारका बारेमा प्रकाश पारेका थिए। बिजबजारले प्रत्येक विक्रेता, व्यवसायी तथा उद्यमीहरूको छरिएका प्रत्येक व्यवसाय र सेवाहरूलाई एउटै प्लेटफर्ममा एकीकृत गरी आफ्नो पहुँच र उद्देश्यहरू विस्तार गर्दै डिजिटल र स्वतन्त्र रूपमा काम गर्न आवश्यक साथ, सहयोग र सेवाहरू प्रदान गर्दै आएको र यस्ता सेवाहरू समयसापेक्ष रूपमा अद्यावधिक गर्दै थप विशेषताहरू सहित अगाडि बढ्ने प्रतिबद्धता समेत जाहेर गर्नु भएको थियो।

कार्यक्रमका सहभागीले बिजबजारले बिक्रेतालाई प्रदान गरेको मार्केट प्लेस तथा सेवाहरूले आफ्नो व्यापारका लागि थप अवसर प्रदान गरेको जसले व्यापार विस्तारमा उल्लेख्य योगदान पुर्‍याउने जनाएका थिए। साथै ६० जिल्लामा आफ्नो सञ्जाल फैलाएको बिजबजारसँग सहकार्य गर्दा स्वतः आफ्नो व्यापारको दायरा पनि बढ्ने कुरामा विश्वस्त भएको जानकारी दिएका थिए। साथै कम्पनीका भावी योजनाका बारेमा पनि रुवरु भएको सहभागी बिक्रेताहरूले बताएका थिए।

 

  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको