Like us!
Follow us!
Connect us!
Watch us!

७४% सम्मको छुटसहित बीजबजारको पौष महिनाको "२० मा बीज"

अर्थ संसार

मंगलबार, १९ पुस २०७९, १६ : ३५ मा प्रकाशित

७४% सम्मको छुटसहित बीजबजारको पौष महिनाको "२० मा बीज"

ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने "२० मा BIZ" नामक Campaign अन्तर्गतको पौष महिनाको Campaign live गरी सकेको छ ।  Campaign का केही योजनाहरू पैष २२ गतेसम्म उपलब्ध हुने कम्पनीले बताएको छ ।

यही  पौष  २० गतेका दिन बिजबजारले आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले डिस्काउन्ट कुपन तथा मोबाइल टप अप जित्न सक्नेछन्।

सो योजना अन्तर्गत सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस Campaign मा निम्न अनुसार छुट प्राप्त गर्नेछन् :

Home Appliances    - Winter-Ready Home - 65%

Mahaboudha - Exclusively Mahaboudha - 70%

Gadgets - Mobile, Laptop - Tech मास्टर - 40%

Home Decoration - Gharko Look - 60%

Fashion - Keep it warm - 70%

Health and beauty GorgeoUS  - 70% 

Miscellaneous  - Miscellaneous  - 74%

२० मा BIZ का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ।

साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो Campaign प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ।

सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै ‘Bizbazar Online Shopping App’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारकाे अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको