Like us!
Follow us!
Connect us!
Watch us!

एटीएम मेसिन फोड्ने घटना बढ्दै

पत्रपत्रिका

आइतबार, ०८ साउन २०७९, ०७ : ५२ मा प्रकाशित

एटीएम मेसिन फोड्ने घटना बढ्दै

पोखरामा पछिल्लो समय एकपछि अर्को एटीएम मेसिन फोड्ने घटना बढिरहेका छन्।

पोखरामा यो एक हप्ता नबित्दै दोस्रो एटीएम चोरी भएको छ। त्यो पनि बिना हातहतियार। पोखरा महानगरपालिका-२६ अघौचोकमा रहेको एनएमबी बैंकको एटीएमलाई बिना हातहतियार खोलेर त्यहाँ भएको नगद चोरी गरिएको छ।

नेपाली सेनाको व्यारेक र इलाका प्रहरी कार्यालय शिशुवा, हंसपुरको बीचमा रहेको अघाँचोकबाट एटीएम फोडेर रकम निकालिएको हो। यसअघि  पोखरा(९ नयाँ बजारमा पनि एटीएम फोडेर चोरीको प्रयास भएको थियो।

शुक्रबार मात्रै उक्त घटना घटेको थियो। घटना घटेको ६ दिनमा फेरि अर्को उस्तै घटना भएको हो। दुवै एटीएम रातको समयमा फोडिएको छ। लेखनाथमा भने एटीएमको लक सामान्य तरिकाले नबोलेर रकम रहेको २ वटा बक्स निकालेर लगेको सीसीटीभी क्यामेरामा स्पष्ट देखिएको छ। नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको