Like us!
Follow us!
Connect us!
Watch us!

एटिएम ह्याक गरी पैसा चोर्ने घटना बढ्दै, सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह

अर्थ संसार

आइतबार, २४ पुस २०७९, १४ : ३० मा प्रकाशित

एटिएम ह्याक गरी पैसा चोर्ने घटना बढ्दै, सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह

पछिल्लाे समय एटिएम ह्याक गरेर पैसा चाेर्ने घटना बढ्दाे रूपमा छ । यस्ता घटना बाहिरिएपछि नेपाल राष्ट्र बैंकले एटिएम प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

यसका लागि राष्ट्र बैंकले ४ वटा उपायसमेत बताएकाे छ । एटिएम प्रयोगकर्ताले आफ्नो पिन कोड गोप्य राख्ने, अपरिचित मान्छेबाट टाढै बस्ने, एटिएम प्रयोग गर्दा खाताबाट काट्यो तर पैसा आएन भने सम्बन्धित बैंकमा सम्पर्क गर्ने र आवश्यक परे बैंकका कर्मचारीबाट सम्पर्क गरी सहयोग लिँदा एटिएमको सुरक्षित प्रयोग हुने बैंकले जनाएको छ । 

राष्ट्र बैंकले अपरिचित वा अन्य जो कोही व्यक्तिलाई एटिएम कार्ड र पिन नम्बर सेयर नगर्न पनि आदेश दिएको छ ।  एटीएमबाट रकम निकाल्दा कतै क्यामेरा भएको वा नभएको तथा पिन कोड थिच्ने बेलामा कसैले देखे–नदेखेको निश्चित गर्नुपर्ने राष्ट्र बैंकले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको