Like us!
Follow us!
Connect us!
Watch us!

खल्तीले फेरी ल्यायो एक रूपैयाँमा उडान टिकट र आईफोन १३ जित्ने मौका

अर्थ संसार

आइतबार, ०८ साउन २०७९, ११ : ३९ मा प्रकाशित

खल्तीले फेरी ल्यायो एक रूपैयाँमा उडान टिकट र आईफोन १३ जित्ने मौका

खल्तीले फ्लाइट बुकिङमा आफ्नो एकदमै सफल ‘रु.१ को फ्लाइट टिकट’ अफर पुनः ल्याएको छ । यस अफर अन्तर्गत फ्लाइट टिकटहरू खरिद गर्ने खल्ती प्रयोगकर्ता मद्धे हरेक हप्ता दुई भाग्यशाली बिजेताले रु. १ मा फ्लाईट टिकट जित्न सक्नेछन् । साथै, बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले ‘IPhone 13’ जित्ने मौका समेत रहेको छ।

यति मात्र नभई खल्तिबाट पहिलो फ्लाईट बुकिङ्गमा प्रदान गर्दै आएको रु. २५० को क्यास ब्याकमा वृद्धि गरि रु.५०० भएको छ। खल्ती प्रयोगकर्ताले प्रोमोकोड ‘FLYWITHKHALTI’ प्रयोग गरि आफ्नो पहिलो फ्लाइट टिकट बुकिङ्गमा १०% क्यासब्याक (रू.५०० सम्म) पाउनेछन्। 

यो अफर श्रावण ५  गतेदेखि भाद्र १५ गतेसम्म मान्य छ । केवाईसी भेरिफाइ भएका प्रयोगकर्ताहरूले यो अफरमा भाग लिन सक्नेछन् । 

यसका साथै तत्काल टिकट बुकिङ विकल्पसहितका विभिन्न एयरलाइन्सको मूल्य इन-एप नै तुलना गर्न सकिने र टिकट प्रिन्ट पनि गर्न नपर्ने जस्ता सुविधाले उडान बुकिङलाई अझ सजिलो बनाइएको छ।

अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन् ,“हामी हाम्रा ग्राहकलाई खल्ती मार्फत उडान बुकिङमा थप लाभका साथ सहज प्रयोगकर्ता अनुभवको आनन्द लिन चाहन्छौं।”

खल्तीमा आफ्नो बैंक खाता लिङ्क गर्ने प्रयोगकर्ताहरूले खल्ती प्रयोग गरि केही ट्याप मै आफ्नो फ्लाइट टिकट र अन्य बिलहरू जस्तै पानी, इन्टरनेट, बिजुली र उपलब्ध सरकारी राजस्वहरू बुक गर्न प्रत्यक्ष भुक्तानी गर्न सक्छन् । साथै, खल्तीको अर्को अफर अन्तर्गत ‘बैंक लिङ्क’ सुविधा प्रयोग गरी आफ्नो पहिलो बैंक लिंक मार्फत् प्रत्यक्ष भुक्तानी गर्नेहरू मद्धे १ भाग्यशाली विजेताले  स्मार्टफोन पनि जित्ने पनि मौका रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको