Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकको नाफामा उल्लेख्य बृद्धि, १०६ प्रतिशतले बढ्यो वितरणयोग्य मुनाफा

अर्थ संसार

सोमबार, ०९ साउन २०७९, ०७ : ०० मा प्रकाशित

एनसीसी बैंकको नाफामा उल्लेख्य बृद्धि, १०६ प्रतिशतले बढ्यो वितरणयोग्य मुनाफा

नेपाल क्रेडिट एण्ड कमर्श(एनसिसि) बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको नाफा उल्लेख्य बढेको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब २ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ५१.९८ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ३३ करोड ६ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि ३१.९३ प्रतिशतले बढेर ४ अर्ब १५ करोड ५६ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ३ अर्ब १४ करोड ९८ लाख रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि ३९.१७ प्रतिशतले बढेर २ अर्ब ६७ करोड २१ लाख रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले १ अर्ब ९२ करोड  रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४७ करोड ४२ लाख रुपैयाँ रहेको छ जुन गत आर्थिक बर्षको तुलनामा १०६.२६ प्रतिशतले बढि हो ।

त्यस्तै, बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँ र जगेडा कोषमा ५ अर्ब ३२ करोड ३९ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १२ रुपैयाँ ९० पैसाबाट बढेर १८ रूपैयाँ १५ पैसामा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ७९ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको