Like us!
Follow us!
Connect us!
Watch us!

खल्तीको “द बिगेस्ट पेमेन्ट जात्रा” अफर सम्पन्न, करोड भन्दा बढीकाे कारोबार

अर्थ संसार

मंगलबार, १० साउन २०७९, १६ : ०१ मा प्रकाशित

खल्तीको “द बिगेस्ट पेमेन्ट जात्रा” अफर सम्पन्न, करोड भन्दा बढीकाे कारोबार

खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि जेठ १२ गतेदेखि असार ३२ गतेसम्म आयोजना गरेको ५२ दिनको “द बिगेस्ट पेमेन्ट जात्रा” अफरमा  सफलतापूर्वक ५ लाख भन्दा बढी प्रयोगकर्ताले १ करोड भन्दा बढी सङ्ख्यामा कारोबार गरेका छन्।

डिजिटल भुक्तानीप्रति आकर्षित गर्ने उदेश्यका साथ  खल्तीले समय समयमा आफ्ना प्रयोगकर्ताहरूकालागि विभिन्न आकर्षक अफरहरू प्रदान गर्दै आईरहेको छ । यही शैली जारी राख्दै खल्तीले करोड बराबरको अफरको रुपमा “द बिगेस्ट पेमेन्ट जात्रा” आयोजना गरेको थियो । यो अफर अन्तर्गत खल्ती प्रयोगकर्ताहरूले सहभागिता जनाई क्यास्ब्याक तथा थुप्रै उपहारकाको फाइदा लिएका थिए। साथै हरेक दिन १ बजेदेखि सुरु हुने Firesale अन्तर्गत २ लाख भन्दा बढी  प्रयोगकर्ताहरू लाभान्वित भएका थिए जसमा ५०% सम्म क्यास्ब्याक प्रदान गरिएको थियो। 

अफरको आकर्षक केन्द्रविन्दुको रूपमा रहेको 3 वटा ‘Bajaj Pulsar NS 160 ABS’ तिन भाग्यशाली बिजेताले लक्की ड्र मार्फत प्राप्त गरेका छन् । यति मात्र नभई अफरमा सहभागिता जनाउने ७६ भाग्यशाली प्रयोगकर्ताहरूले पुरस्कार स्वरूप समग्रमा ७ वटा One Plus को ४३ इन्चको स्मार्ट टि.भी, १४ वटा स्मार्ट फोन, ५२ वटा फ्लाइट टिकट रू. १ मा, ५२ वटा स्मार्टब्याण्ड लक्की ड्र मार्फत प्राप्त गर्दा निकै खुशी महसुस गरेका थिए। 

खल्तीले बिजेता छनौट प्रकृयालाई पारदर्शी बनाउनका लागि हरेक हप्ता फेसबुक लाइभ मार्फत बिजेता घोषणा  गर्दै आएको थियो। सातौँ हप्ताको लाइभमा खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काको उपस्थितिमा “द बिगेस्ट पेमेन्ट जात्रा” मा प्रत्यक्ष अप्रत्यक्ष रूपमा  सहभागीता जनाउने सबैप्रति कृतज्ञता प्रदान गर्दै सम्पन्न भएको थियो। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको