Like us!
Follow us!
Connect us!
Watch us!

ओम मेगाश्री फर्मास्यूटिकल्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

अर्थ संसार

बुधबार, ११ साउन २०७९, १६ : ३७ मा प्रकाशित

ओम मेगाश्री फर्मास्यूटिकल्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

प्रभु क्यापिटल लिमिटेड र ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडबीच आज श्रावण ११ गते बुधबार फर्मास्यूटिकल्सको कार्यालय बानेश्वरमा सर्वसाधारणमा सेयर निष्कासन गर्नको लागि एक कार्यक्रम आयोजना गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । 

गैर आवसीय नेपाली, औषधी व्यवसायमा विज्ञता हासिल भएका व्यक्ति तथा विशेषज्ञ डाक्टरहरु आवद्ध तथा EU Pharma Technical Support रही ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको औषधी उत्पादन गर्ने उद्योग भरतपुर २९, चितवनमा रही कम्पनीले युरोपियन Good manufacturing practices (GMP) Standardsअनुसार औषधी उत्पादन गर्ने र नेपाल सरकार औषधी व्यवस्था विभागमा जम्मा ५६ प्रकारका औषधी उत्पादनको लागि प्रकृया सुरू गरेकाे थियाे । हाल ३१ प्रकारका विभिन्न औषधीहरु उत्पादन गर्नको लागि अनुमती प्राप्त भईसकेको र बाँकी उत्पादन स्वीकृतिको प्रकृयामा रहेको तथा फर्मास्यूटिकल्स क्षेत्रमा पहिलो भई सर्वसाधारणमा सेयर जारी गर्ने निर्णय कम्पनीले गरेकोले अब अन्य फर्मास्यूटिकल्सलाई समेत बाटो खुलेको कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले जानकारी गराएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको