Like us!
Follow us!
Connect us!
Watch us!

जनार्दन शर्मामाथि छानबिन : ‘प्रमाण भेटिएन’ एमालेको फरक मत

पत्रपत्रिका

शुक्रबार, १३ साउन २०७९, ०६ : ३० मा प्रकाशित

जनार्दन शर्मामाथि छानबिन : ‘प्रमाण भेटिएन’ एमालेको फरक मत

वार्षिक बजेट तर्जुमा गर्दा करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन गरिरहेको संसदीय विशेष समितिले प्रमाण फेला नपरेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको छ ।

बुधबार र बिहीबार दुई दिनसम्म प्रतिवेदनका अन्तर्वस्तुमा छलफल गरेर समितिले प्रतिवेदन तयार पारेको हो । प्रतिवेदन शुक्रबार सभामुखलाई बुझाउने तयारी समितिको छ । प्रतिवेदनका निष्कर्षका कतिपय विषयमा सत्तापक्ष र प्रतिपक्ष विभाजित भएका छन् । 

विशेष समिति सचिव सुरेन्द्र अर्यालले छलफल र परामर्शमा प्रतिवेदनलाई करिब अन्तिम रूप दिइएको बताए । प्राविधिक विषय मिलाएपछि शुक्रबार सभामुखलाई प्रतिवेदन हस्तान्तरण हुने जानकारी दिँदै उनले भने, “दिनभरको छलफल र परामर्शको विषय प्रतिवेदनको तयारी नै हो । करिब अन्तिम बैठक भएकाले प्रतिवेदन तयारी सम्पन्न भएको छ ।

प्राविधिक विषय मिलाएपछि सभामुखसमक्ष प्रतिवेदन बुझाइनेछ । सम्भवतः शुक्रबार नै प्रतिवेदन बुझाइन्छ ।’’ समितिको निष्कर्षका विषयमा भने सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत एक ठाउँमा उभिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) भने प्रतिवेदनको निष्कर्षमा असहमति रहेको समिति स्रोत बताउँछ । 

बिहीबारको बैठकपछि समितिमा एमालेका तर्फबाट सदस्य रहनुभएका खगराज अधिकारीले समेत प्रतिवेदनमा फरक मत रहेको सङ्केत गरे । कतिपय विषयमा आ–आफ्ना कुरा समेटिएको बताउँदै उनले भने, “प्रतिवेदनमा आ–आफ्ना कुरा समेटिएका छन् । कतिपय कुरामा सर्वसम्मत भएका छन् । कतिपयमा छलफल बाँकी नै पनि छ । अन्तर्वस्तु के छन् भन्ने विषयमा सभामुखलाई बुझाएपछि हामी स्पष्ट पार्नेछौँ ।”

तर, एमालेले भने निष्कर्षमा फरक धारणा राखेको स्रोत बताउँछ । एमालेले सत्तारूढ दलले प्रमाण मेटाउन सहयोग गरेको राय लेखेको छ । एमालेका सदस्यहरूले प्रमाण नभेटिएको भन्दा मेटिएको विषय समावेश हुनुपर्ने राय लेखेका छन् ।

गोरखापत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको