Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदरका विषयमा अर्को सातासम्म केही निस्कर्ष आँउनेछ : अर्थमन्त्री

अर्थ संसार

विहीबार, ०६ असोज २०७९, १६ : ०० मा प्रकाशित

ब्याजदरका विषयमा अर्को सातासम्म केही निस्कर्ष आँउनेछ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले ब्याजदरका बिषयमा सरोकावाला निकायहरुसंग छलफल गरेर निष्कर्ष निकाल्ने बताएका छन् । आजदेखि काठमांडौमा सुरु भएको ईभी एक्सपोको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘अहिले ब्यादरका बिषयमा बजारमा विभिन्न कुराहरु आईरहेका छन् त्यसमा सरकारको गम्भिर ध्यानआकर्षण भएको छ’ उनले भने ‘ब्याजदरका बिषयमा सम्बन्धित निकायहरुसंग छलफल गरी अर्को साता भित्रै केहि निष्कर्श आँउनेछ ।’

उनले बैंकले दिने ब्याज नै १५ प्रतिशतसम्म पुग्दा यसले उत्पादनलाई प्रभाव पार्ने समेत बताए । बैंकमा नै पैसा राख्दा १५ प्रतिशतसम्म ब्याज आँउदा अन्य क्षेत्रमा हुने लगानी निरुत्साहित हुन सक्ने उनको तर्क छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको