Like us!
Follow us!
Connect us!
Watch us!

शाओमीको रेड्मी १०ए स्मार्टफोन अब नेपालमा, मूल्य कति ?

अर्थ संसार

शुक्रबार, १३ साउन २०७९, १७ : ०१ मा प्रकाशित

शाओमीको रेड्मी १०ए स्मार्टफोन अब नेपालमा, मूल्य कति ?

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १०ए नेपाली बजारमा सार्वजनिक गरेको छ । किफायती मूल्यमा रेड्मी १० सिरिजको पछिल्लो नवीनतम उपकरण रेड्मी १०ए प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित छ ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, 'टेक्नोलोजीको सन्दर्भमा शाओमीले आफ्नो सिमा फराकिलो पार्दै स्मार्टफोनहरूको विस्तृत दायराको साथ औधोगिक बेन्चमार्कहरू पार गरेको छ । ग्राहकको रेडमी प्रतिको विश्वासले हामीलाई नवीनताको सन्दर्भमा उच्च मापदण्डहरू स्थापित गरि रेडमी सिरिजलाई देशमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन सिरिज बनाएको छ । क्यामेरा, उच्च रिजोल्युसन डिस्प्ले, उच्च कार्य सम्पादन र पावर–प्याक ब्याट्रीको सुधारको साथ हामीले रेड्मी १०ए बजारमा ल्याएका छौँ ।'

रेड्मी १०एको ठूलो 6.53" HD+ डिस्प्लेले  भिडियो तथा तपाईंलाई मनपर्ने कन्टेन्ट हेर्नको लागि राम्रो अनुभव प्रदान गर्दछ । अन्य ईन्ट्री–लेभल स्मार्टफोनको तुलनामा यसमा भएको 3D– कर्भड ब्याकले प्रयोगकर्ताहरूलाई सहज अनुभव प्रदान गर्दछ । साथै यसमा पछाडि रहेको फिंगरप्रिन्ट सेन्सरले यसलाई पहिलेभन्दा अझ सुरक्षित बनाउँछ ।

यसमा रहेको 13MP मेन क्यामेरा र 2MP देप्थ क्यामेरा सेन्सरले प्रयोगकर्ताहरुलाई सोचे जस्तै फोटो खिच्न र यादगार पलहरु सहज रूपमा रेकर्ड गर्न मद्दत गर्दछ ।

रेड्मी १०ए मा पावर अपको लागि MediaTek Helio G25 प्रोसेसर जडित छ जुन 2.0GHz सम्मको क्षमता रहेको अक्टा–कोर CPU हो । यसमा लामो समयसम्म चल्ने 5,000mAh ब्याट्री जडित छ जसले तपाईंलाई पूरा दिन सक्रिय रहन मद्दत गर्दछ । यो स्मार्टफोन 10Wकाे चार्जिङ अडाप्टरको साथ उपलब्ध छ ।

रेड्मी १०ए बजारमा ग्रेफाइट ग्रे, क्रोम सिल्भर र स्काई ब्लू गरि तीन रंगहरूमा उपलब्द छ । यो फोन २GB+३२GB र ३GB+६४GB स्टोरेज भेरियन्टमा आउँदछ, जसको मूल्य क्रमशः रु. १३,९९९ र रु. १५,९९९ रहेको छ । रेड्मी १०ए १३ श्रावनदेखि देशभरका सबै अधिकृत मि स्टोरहरूमा उपलब्ध हुनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको