Like us!
Follow us!
Connect us!
Watch us!

तिहारको अवसरमा शाओमीको मोबाइल फोनमा विशेष छुट

अर्थ संसार

सोमबार, २४ असोज २०७९, १५ : २५ मा प्रकाशित

तिहारको अवसरमा शाओमीको मोबाइल फोनमा विशेष छुट

नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड शाओमीले चाडपर्वको अवसर पारेर सिमित अवधिको लागि आफ्नो मोबाइल सेटहरुमा उल्लेखनीय रुपमा मूल्य छट गरेको छ । चाडपर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुको लागि यो तिहार विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ ।

यस बारेमा बोल्दै शाओमी नेपालका कन्टि जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “नेपालीहरुको महान चाड तिहार नजिकिँदै गर्दा यस चाडपर्वको शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मूल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ । आशा छ यस अफरसँगै यहाँहरुको चाडपर्वको माहोल अझै रोमान्चक बन्नेछ ।”

यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा रु. १०००, शाओमी १२ सिरिजमा रु. ३००० र भर्खरै लन्च गरिएको POCO M5 मा रु. ५०० सम्म को कम मुल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । सिमित अवधिको लागि मान्य यो अफर असोज २४ गते देखि कार्तिक १४ गते सम्म लागु हुनेछ । 

6343e9859e618.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको