Like us!
Follow us!
Connect us!
Watch us!

रेड्मी नोट १२ सिरिज नेपाली बजारमा, यस्ता छन् विशेषता

अर्थ संसार

मंगलबार, २१ चैत्र २०७९, १० : ४७ मा प्रकाशित

रेड्मी नोट १२ सिरिज नेपाली बजारमा, यस्ता छन् विशेषता

साओमीले रेड्मी नोट १२ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । यस वर्ष रेड्मी नोट १२ सिरिज अन्तर्गत रेड्मी नोट १२ र रेड्मी नोट १२ प्रो फाइभजी गरी दुईवटा फोन नेपालमा सार्वजनिक भएका हुन् ।

साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले रेड्मी नोट १२ सिरिजमा अविश्वसनीय ब्याट्री ब्याकअप, अद्भुत क्यामेरा सेटअप र शक्तिशाली प्रदर्शन रहनुका साथै मूल्य पनि किफायती रहेको बताए ।

रेडमी नोट १२

रेडमी नोट १२ फोनमा स्न्यापड्रयागन ६८५ प्रोसेसर प्रयोग गरिएको छ । ६।६७ इन्च फुल एचडीप्लस एमोलेड डिस्प्ले रहेको रेडमी नोट १२ मा १२० हर्ज रिफ्रेस रेट छ । यसमा ५० मेगापिक्सेल मुख्यसहित ट्रिपल क्यामेरा सेटअप छ ।

साथमा १३ मेगापिक्सेल सेल्फी क्यामेरा राखिएको छ । फोनमा ५ हजार एमएएचको ब्याट्री छ, जसले ३३ वाटको फास्ट चार्ज सपोर्ट गर्छ । यो फोन तीन स्टोरेज भेरियन्टमा उपलब्ध छ ।

ड्मी नोट १२ एक टिबीसम्म विस्तारयोग्य भण्डारण सहित तीन भेरियन्टमा उपलब्ध छ । ४ जीबी, ६ जीबी र ८ जीबी र्यामसहित तीन भेरियन्टमा उपलब्ध फोनको आन्तरिक स्टोरेज १२८ जीबी रहेको छ ।

आन्तरिक स्टोरेजलाई १ टिबीसम्म बढाउन सकिन्छ । भेरियनन्ट अनुसा३ फोनको मूल्य क्रमशः२२ हजार ९९९,  २४ हजार ९९९ र २६ हजार ९९९ रूपैयाँ तोकिएको छ । 

रेडमी नोट १२ प्रो फाइभजी 

रेड्मी नोट १२ प्रो फाइभजीमा मिडियाटेक डायमेन्सिटी १०८० प्रोसेसर राखिएको छ । ६।६७ इन्च फुल एचडीप्लस फ्लो एमोलेड डिस्प्ले यसमा १२० हर्ज रिफ्रेस रेट रहेको छ । ५० मेगापिक्सेल मुख्य क्यामेरासहित ट्रिपल क्यामेरा सेटअप रहेको यसमा १६ मेगापिक्सेल सेल्फी क्यामेरा राखिएको छ ।

फोन २ भेरियन्ट ६ जीबी र ८ जीबी र्याम तथा १२८ जीबी र २५६ जीबी आन्तरिक स्टोरेजमा उपलब्ध छ । नोट १२ प्रो फाइभजीमा ५ हजार एमएएचको ब्याट्री रहेको छ, जसले ६७ वाट टर्बो फास्ट चार्जिङ सपोर्ट गर्छ । भेरियन्ट अनुसार फोनको मूल्य क्रमशः ३८ हजार ९९९  र ४१ हजार ९९९ रूपैयाँ निर्धारण गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको