Like us!
Follow us!
Connect us!
Watch us!

वर्ल्ड कप अफर : मीको ७५ इन्चको टिभी जित्ने गोल–डेन अवसर

अर्थ संसार

मंगलबार, ०६ मंसिर २०७९, १५ : ४५ मा प्रकाशित

वर्ल्ड कप अफर : मीको ७५ इन्चको टिभी जित्ने गोल–डेन अवसर

नेपालको अग्रणी स्मार्टफोन र टि.भी. कम्पनी शाओमीले वर्ल्ड कप २०२२ लाई लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि आकर्षक अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले मी अथवा रेडमी टेलिभिजन खरिद गर्दा ७५ इन्चको मी क्यु एलइडि टेलिभिजन जित्ने गोल–डेन अवसर प्राप्त गर्न सक्नेछन् ।

यसको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “फिफा वर्ल्ड कप समस्त फुटबल प्रेमीहरुको लागि एकदमै प्रतिक्षित समय हो । वर्ल्ड कप हेर्नकै लागि भनेर नयाँँ टेलिभिजन किन्ने समय कुरेर बस्ने ग्राहकहरु धेरै हुन्छन् । यही कुरालाई मध्यनजर गरेर हामीले हाम्रा मी ग्राहकहरुको लागि गोल–डेन अफर ल्याएका छौँ । वहाँँहरुको मी अथवा रेडमी टेलिभिजन खरिद गर्ने गोल–डेन रहरलाई अझै रोमाञ्चक बनाउन पाउँदा हामी पनि धेरै उत्साहित छौँ ।”

यस अफर अन्तर्गत कुनै पनि मी अथवा रेडमी टेलिभिजन खरिद गर्दा एक जना भाग्यशाली ग्राहकले रु २,९९,९९९ मुल्य बराबरको ७५ इन्चको मी क्युएलइडि टेलिभिजन जित्ने मौका पाउनेछन् । त्यस्तै अन्य ग्राहकहरुले दैनिक रुपमा रु ४५,९९९ बराबरको एयर प्युरिफायर ३, स्मार्ट एयर फ्रायर, एयर कम्प्रेसर, बियर्ड ट्रिमर र ईलेक्ट्रिक टुथब्रश पनि जित्न सक्नेछन् । लक्की ड्रमा सहभागी हुनको लागि टिभीमा भएको कोड स्क्यान गर्नुपर्ने हुन्छ अथवा टिभीको सिरियल नम्बर ३१००७ मा पनि एस्एमएस् गर्नुपर्ने हुन्छ । यो अफर मंसिर ४ गते देखि पौष ३ गतेसम्म लागु हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको