Like us!
Follow us!
Connect us!
Watch us!

घोराही सिमेन्टले प्रिमियममा आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

अर्थ संसार

आइतबार, १५ साउन २०७९, १६ : ५८ मा प्रकाशित

घोराही सिमेन्टले प्रिमियममा आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

घोराही सिमन्ट इन्डस्ट्री लिमिटेडले प्रिमियममा साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ ।

कम्पनीले स्थानीय तथा सर्वसाधारणका लागि ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७ सय ८५ रूपैयाँ बराबरकाे ७९ लाख ४३ हजार ८ सय १ कित्ता आईपीओ निष्कासन गर्न श्रावण ९ गते, साेमबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । जसमध्ये ३ लाख ९७ हजार एक सय ९० कित्ता सेयर स्थानीय बासिन्दाको लागि र ७५ लाख ४६ हजार ६ सय ११ कित्ता सर्वसाधारणको लागि निष्कासन गरिनेछ । स्थानियका लागि प्रतिकित्ता मूल्य ४ सय रूपैयाँ र सर्वसाधारणका लागि प्रतिकित्ता मूल्य ४ सय ३५ रूपैयाँ ताेकिएकाे छ । 

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको