Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको खुद नाफा ३ अर्ब ७० करोड, ईपिएस २०.१५ रूपैयाँ

अर्थ संसार

विहीबार, १९ साउन २०७९, ०६ : ३९ मा प्रकाशित

एनएमबि बैंकको खुद नाफा ३ अर्ब ७० करोड, ईपिएस २०.१५ रूपैयाँ

एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको नाफामा बृद्धि आएको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ३ अर्ब ७० करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३६.५३ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ७१ करोड १० लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी १५.७५ प्रतिशतले बढेर ६ अर्ब ५५ करोड २२ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ५ अर्ब ६६ करोड ६ लाख रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा ३६.४३ प्रतिशतले बढेर ५ अर्ब २१ करोड २९ लाख रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ३ अर्ब ८२ करोड १० लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३९ करोड २४ लाख रुपैयाँ रहेको छ जुन गत बर्षको तुलनामा २.४७ प्रतिशतले बढि हो ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ र जगेडा कोषमा ८ अर्ब ८४ करोड ९ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएसं) १६ रुपैयाँ ६१ पैसाबाट बढेर २० रूपैयाँ १५ पैसामा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको